back
NMB ad

नेपाल लाइफसहित १० वटा बीमा कम्पनीको सेयर मूल्यमा अस्वभाविक चलखेल, बोर्डले के गर्ला कारबाही ?

Kumari bank ad

काठमाडौं । धितोपत्र बोर्डको अध्ययनले १० वटा बीमा कम्पनीको सेयर मूल्यमा अस्वभाविक रुपमा चलखेल भएको देखाएको छ । जसमा ५ वटा जीवन र ५ वटा निर्जीबन बीमा कम्पनी रहेका छन् ।

पछिल्लो समय सेयर मूल्यमा अस्वभाविक रुपमा चलखेल भएका कम्पनीमा जीवन तथा निर्जीबन गरी १० वटा कम्पनी पनि परेका छन् ।
अस्वभाविक चलखेल गरेको सेयर मूल्यमा बढाउने ५१ कम्पनीमा १० वटा बीमा कम्पनी पनि परेका छन् । जसमा एशियन लाइफ, गुँरास लाईफ, लाईफ इन्स्योरेन्स कर्पोरेशन, नेपाल लाइफ, रिलायन्स लाइफ, अजोड इन्स्योरेन्स, आइएमई जनरल, राष्ट्रिय बीमा कम्पनी, सानिमा जनरल इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स कम्पनी रहेका छन् ।

चलखेल गरेर मूल्य बढाउने एशियन लाइफ इन्स्योरेन्सको २०७३ साउन १२ गते तत्कालीन समयमा सेयर बजार उच्च बिन्दु १८८१.४५ पुगेको दिन १८४० रुपैयाँ प्रति कित्ता रहेको थियो । यस्तै २०७७ वैशाख ३० गते ४९२ रुपैयाँ रहेको सेयर मूल्य २०७८ जेठ ३१ गते सम्म आईपुग्दा १४५१ रुपैयाँ पुगेको छ । कम्पनीको प्रति सेयर आम्दानी १२ रुपैयाँ ८ पैसा रहेको छ भने नेटवर्थ १४० रुपैयाँ ८४ पैसा रहेको छ ।

यस्तै गुँरास लाइफ इन्स्योरेन्सको इन्स्योरेन्सको सेयर मूल्य २०७३ साउन १२ गते ९९० रुपैयाँ रहेको थियो भने २०७७ वैशाख ३० गते ३९१ रुपैयाँमा रहेकोमा २०७८ जेठ ३१ गतेसम्म आईपुग्दा ८५५ रुपैयाँ पुगेको छ । कम्पनीको प्रति सेयर आम्दानी ७ रुपैयाँ ४ पैसा रहेको भने प्रति सेयर नेटवर्थ १२९ रुपैयाँ ७४ पैसा रहेको छ । अस्वभाविक मूल्य बढेको लाइफ इन्स्योरेन्स कर्पोरेशनको सेयर मूल्य २०७७ वैशाख ३० गते १११५ रुपैयाँ रहेकोमा २०७८ जेठ ३१ गतेसम्म आईपुग्दा २५४७ रुपैयाँ रहेको छ । प्रति सेयर आम्दानी ६ रुपैयाँ ९५ पैसा रहेको कम्पनीको प्रति सेयर नेटवर्थ १३९ रुपैयाँ ७४ पैसा रहेको छ ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्यका पनि चलखेल निकै भएको छ । कम्पनीको सेयर मूल्य २०७३ साउन १२ गते ४०२० रुपैयाँ रहेकोमा २०७७ वैशाख ३० गतेसम्म आईपुग्दा १०२३ रहेको थियो । २०७८ जेठ ३१ मा २०९१ रुपैयाँ पुगेको छ । कम्पनीको प्रति सेयर आम्दानी ९ रुपैयाँ ३८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १२३ रुपैयाँ ९२ पैसा रहेको छ ।

त्यस्तै रिलायन्स लाइफ इन्स्योरेन्सको ७३४ रुपैयाँ रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी ४ रुपैयाँ १८ पैसा रहेको छ भने प्रति सेयर नेवर्थ ११० रुपैयाँ ८८ पैसा रहेको छ । सेयर मूल्यमा चलखेल भएको अजोड इन्स्योरेन्सको सेयर मूल्य २०७८ जेठ ३१ मा ९१५ रुपैयाँ रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी ८ रुपैयाँ १५ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ११७ रुपैयाँ ६८ पैसा रहेको छ ।

यस्तै आईएमई जनरल इन्स्योरेन्सको २०७३ साउन १२ गते ८० रुपैयाँ रहेको सेयर मूल्य २०७७ वैशाख ३० मा ३४७ रुपैयाँ रहेकोमा २०७८ जेठ ३१ मा आईपुग्दा १३२३ रुपैयाँ पुगेको छ । कम्पनीको प्रति सेयर आम्दानी २३ रुपैयाँ २४ पैसा र नेटवर्थ १६९ रुपैयाँ ८७ पैसा रहेको छ ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य २०७३ साउन १२ गते ७ हजार ७४५ रुपैयाँ रहेको थियो । २०७७ वैशाख ३० मा आईपुग्दा बढेर ८ हजार ९०० पुगेकोमा २०७८ जेठ ३१ मा २२ हजार ४४५ रुपैयाँ रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी १३५ रुपैयाँ र नेटवर्थ १२६३ रुपैयाँ ३८ पैसा रहेको छ ।

सानिमा जनरल इन्स्योरेन्सको पनि २०७८ जेठ ३१ मा ८२३ रुपैयाँ सेयर मूल्य पुगेको छ । कम्पनीको प्रति सेयर आम्दानी ७ रुपैयाँ ८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ११७ रुपैयाँ ६ पैसा रहेको छ ।

यस्तै यूनाइटेड इन्स्योरेन्सको सेयर मूल्य २०७३ साउन १२ गते १२८५ रुपैयाँ रहेको सेयर मूल्य २०७७ वैशाख ३० मा २९८ रुपैयाँ रहेकोमा २०७८ जेठ ३१ मा ८३० रुपैयाँ पुगेको देखिएको छ । कम्पनीको प्रति सेयर आम्दानी ५ रुपैयाँ १५ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १४४ रुपैयाँ १ पैसा रहेको छ । प्रति सेयर आम्दानी चालु आवको दोस्रो त्रैमासको आधारमा लिइएको हो ।

सेयर मूल्यमा अस्वभाविक चलखेल भएको भन्दै धितोपत्र बोर्डले अनुसन्धान समेत सुरु गरेको जनाएको छ । बोर्डका अनुसार उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बताइएको छ ।

वि.सं.२०७८ असार १ मंगलवार १७:१४ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...