back
NMB ad

२ खर्ब ६२ अर्ब बढीको बजेट ल्याए सात प्रदेशले, कुन प्रदेशको कति ?

Kumari bank ad

काठमाडौं । सातवटै प्रदेश आगामी आर्थिक वर्ष २०७८-०७९ को लागि बजेट पेस गरेका छन् । प्रदेशका आर्थिक मामिला तथा योजना अर्थमन्त्रीले प्रदेश सभामा २ खर्ब ६२ अर्ब रुपैयाँ बढीको बजेट पेश गरेका छन् ।

सातवटै प्रदेशमा सबैभन्दा बढी बागमती र सबैभन्दा कम गण्डकी प्रदेशले बजेट विनियाजन गरेका छन् । बागमती प्रदेशले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट पेश गरेको छ भने गण्डकी प्रदेशले ३० अर्ब ३ करोड रुपैयाँ बराबरको बजेट पेश गरेको छ ।

प्रदेशगत रुपमा हेर्दा प्रदेश नम्बर १ ले आगामी आवका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । आगामी आवका लागि चालुतर्फ १४ अर्ब १६ करोड, १५ लाख अर्थात कुल विनियोजित बजेटको ४३.०६ प्रतिशत र पुँजीगतर्फ १५ अर्ब ५ करोड ३५ लाख अर्थात कुल विनियोजित बजेटको ४६.३ प्रतिशत बजेट पेश गरिएको छ । यस्तै वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय तहमा जाने अनुदानका लागि ३ अर्ब २२ करोड ४२ लाख अर्थात् कुल विनियोजित बजेटको १० प्रतिशत बजेट छुट्याएको छ भने वित्तीय व्यवस्थापन तर्फ ३ करोड रुपैयाँ रहेको जनाएको छ ।

आगामी आवको बजेटको स्रोतका रुपमा आन्तरिक राजस्वतर्फ ४ अर्ब ९ करोड ७७ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ९१ करोड ६६ लाख र संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ५६ करोड ७८ लाख व्यहोर्ने अनुमान रहेको छ । सशर्त अनुदानबाट ५ अर्ब ९६ करोड ७७ लाख, समपूरक अनुदानबाट १ अर्ब १६ करोड ४८ लाख रुपैयाँ बराबर र विशेष अनुदानबाट ५९ करोड ३३ लाख श्रोतको अनुमान रहेको छ । नगद मौज्दातबाट २ अर्ब रुपैयाँ र वैदेशिक अनुदानबाट २६ करोड १३ लाख रुपैयाँ व्यहोरिने उल्लेख छ ।

आगामी आर्थिक वर्ष २०७८–७९ का लागि प्रदेश नम्बर २ ले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । जसमा चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार रुपैयाँ अर्थात २४.२६ प्रतिशत र पुँजीगततर्फ १८ अर्ब ५ करोड ३० लाख ८३ हजार रुपैयाँ अर्थात ५३.४४ प्रतिशत रहेको छ ।

वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ रहेको छ । आगामी आवमा प्रदेशले आन्तरिक स्रोतबाट ३ अर्ब ४ करोड ९१ लाख, ३१ हजार र संघीय सरकारबाट प्राप्त हुने अनुदानबाट १३ अर्ब ९० करोड ३४ लाख रुपैयाँ व्यहोरिने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८–७९ का लागि बागमती प्रदेशले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । जसमा चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार अर्थात् ४५ प्रतिशत, पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार अर्थात् ५१ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ २ अर्ब रुपैयाँ अर्थात् ४ प्रतिशत रहेको छ ।

बागमती प्रदेशले कर राजस्वतर्फ २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख रुपैयाँ बराबर राजस्व संकलनको अनुमान गरेको छ । वित्तीय हस्तान्तरणअन्तर्गत बागमती प्रदेशले १९ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्ती १ अर्ब ५ करोड ९ लाख, र चालु आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड रुपैयाँ श्रोत व्यहोर्ने अनुमान गरेको छ ।

आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेशले ३० अर्ब ३ करोड ९४ लाख २७ अर्ब रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख ९४ हजार रुपैयाँ अर्थात ४३.५ प्रतिशत पुँजीगतर्फ १६ अर्ब ७३ करोड ४६ लाख ३३ हजार रुपैयाँ अर्थात ५५.७ प्रतिशत वित्तीय व्यवस्थातर्फ २४ करोड रुपैयाँ अर्थात ०.८ प्रतिशत रहेको छ । राजस्व बाँडफाँटबाट ७ अर्ब ६२ करोड ७० लाख रुपैयाँ, रोयल्टी ३० करोड, आन्तरिक राजस्व ४ अर्ब ९८ करोड २७ लाख २७ हजार रहेको छ ।

प्रदेशले हालको अनुमानित नगद मौज्दात २ अर्ब १० करोड उपभोग गर्ने जनाएको छ । २ अर्बमा आन्तरिक ऋणबाट १ अर्ब र संघीय सरकारसँगको ऋणबाट १ अर्ब व्यहोरिने भएको छ ।

लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरी प्रदेश सभा बैठकमा पेश गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख ४३ हजार अर्थात् ३७.४७ प्रतिशत र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार अर्थात ५१.७१ प्रतिशत बजेट विनियोजन गरेका छन् ।

आगामी आर्थिक वर्षका लागि लुम्बिनी प्रदेशले स्थानीय तहहरुलाई पठाउनुपर्ने वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ अर्थात् ११.८२ प्रतिशत बजेट विनियोजन भएको छ ।

प्रदेशले स्रोत व्यवस्थापन गर्दा आन्तरिक राजस्वको स्रोतबाट ४ अर्ब २९ करोड ५० लाख ५० हजार, राजस्व बाँटफाँटबाट १३ अर्ब २० लाख, रोयल्टी बाँडफाँटबाट १ अर्ब १ लाख ५० हजार, वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब २ करोड ९७ लाख, सशर्त अनुदानबाट ६ अर्ब २३ करोड ३ लाख समपूरक अनुदानबाट ७२ करोड १६ लाख र विशेष अनुदानबाट २३ करोड ४९ लाख रुपैयाँ बराबरका स्रोत व्यवस्थापन गरेको जनाएको छ ।

कर्णाली प्रदेशले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँ बराबर ल्याएको छ । जसमा पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार अर्थात ५९ प्रतिशत, चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार अर्थात ३१ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ३९ करोड ९९ लाख ५३ हजार अर्थात १० प्रतिशत रहेको छ ।

आगामी आर्थिक वर्षका लागि कर्णाली प्रदेशले अनुमान गरेको स्रोतमध्ये आन्तरिक राजस्वबाट ६० करोड, चालु आर्थिक वर्षको खर्च नभई बाँकी रहेको बजेटबाट १२ अर्ब ९२ करोड १६ लाख ८१ हजार, संघीय सरकारको राजस्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ४४ करोड ७७ लाख, वित्तीय समानीकरणबाट १० अर्ब १४ करोड २१ लाख, सशर्त अनुदानको ७ अर्ब ९८ करोड ७७ लाख रुपैयाँ स्रतो अनुमान गरिएको छ । संघीय सरकारबाट प्राप्त हुने समपूरक अनुदानबाट ८१ करोड ३५ लाख र विशेष अनुदानबाट ६१ करोड ३० लाख रुपैयाँ बराबर स्रोत व्यहोरिने भएको छ ।

सुदरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ १० अर्ब ६६ करोड ९ लाख ३ हजार रुपैयाँ अर्थात् ३५।१ प्रतिशत, पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार अर्थात् ५८।२ प्रतिशत र अन्तरसरकारी वित्त हस्तान्तरण अन्तर्गत १ अर्ब ७२ करोड ४५ लाख अर्थात् ५।७ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३० करोड अर्थात् १ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

वि.सं.२०७८ असार २ बुधवार ०७:०९ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...