back
NMB ad

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना विरुद्ध अख्तियारमा उजुरी

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आयोगमा बुधबार उजुरी दर्ता भएको बताइएको छ । आयोग स्रोतका अनुसार सी-०३५०७४/२०७८–३–२ नम्बरमा उजुरी दर्ता भएको छ ।

स्रोतका अनुसार उक्त उजुरीमा बोर्डका अध्यक्ष ढुंगानाले ठूला लगानीकर्तासँग पदिय मर्यादा भन्दा बाहिर गएर आर्थिक लाभ लिने हेतुले सम्पर्क, सम्बन्ध बढाएको भन्ने कुरा उल्लेख छ ।

उक्त उजुरीमा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने विषयमा निकै बाधक बनेको र त्यसबापत पनि आर्थिक लाभ लिएको उल्लेख छ । त्यसको लागि विभिन्न तारे होटलमा गएको र त्यहाँ कसकसलाई भेटेको, त्यसको लागि कुने ब्रोकरसँग भेट गरेको, त्यसको लागि कुन ब्रोकरले सहजिकरण गरेको भन्ने कुरा समेत उजुरीमा उल्लेख गरिएको छ । स्रोतका अनुसार उक्त उजुरी विद्युतीय माध्यमबाट दर्ता भएको हो । यस विषयमा बुझ्न अध्यक्ष ढुंगानालाई पटक पटक सम्पर्क गर्दा पनि उहाँ सम्पर्कमा आउनु भएन ।

बोर्डले मंगलबार मात्रै ५१ वटा कम्पनीको सेयर मूल्यमा अस्वभाविक वृद्धि भएको, ती कम्पनीको कारोबारमा इन्साइडर टे«डिङ तथा कर्नरिङ भएको भन्दै नामावली सार्वजनिक गरेको थियो । बोर्डले नाम सार्वजनिक गरेको भोलिपल्टै अख्तियारमा उजुरी परेको छ ।

वि.सं.२०७८ असार २ बुधवार १८:४५ मा प्रकाशित

You can share this post!

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...

नीति तथा कार्यक्रमः ‘कृषिमा लगानी दशक’ घोषणा   

नीति तथा कार्यक्रमः ‘कृषिमा लगानी दशक’ घोषणा   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२०

काठमाडौँ, १ जेठः सरकारले कृषि क्षेत्रको विकासका लागि ‘कृषिमा लगानी...

सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य गराइने     

सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य गराइने     

वि.सं.२०८१ जेठ १ मंगलवार १७:१६

काठमाडौँ, १ जेठ : सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष...

नीति तथा कार्यक्रम: ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने   

नीति तथा कार्यक्रम: ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:१४

काठमाडौँं, १ जेठ : नेपाल सरकारले महिलालाई आर्थिक रूपमा सक्षम,...