back
NMB ad

अर्थमा पुगेर परिसंघले भन्यो : बोर्ड परिपक्व नहुँदा लगानीकर्ताको मनोबल घट्याे, पुजीँबजारमा नकारात्मक सन्देश गयो

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग परिसंघले नियमनकारी निकायले परिपक्व भूमिका खेल्नुपर्नेमा जोड दिएको छ ।

नेपाल धितोपत्र बोर्डले लगानीका लागि जोखिमयुक्त भन्दै सूचीकृत कम्पनीको सूची सार्वजनिक गर्दा लगानीकर्ताको मनोबल घट्न गइ समग्र पुजीँबजारमा नकारात्मक सन्देश प्रवाह भएको जनाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा परिसंघले यस्तो बताएको हो ।

अर्थमन्त्रीसँगको भेटमा अध्यक्ष सतिशकुमार मोरले आगामी आर्थिक वर्षमा लक्ष्य अनुसारको आर्थिक वृद्धिदर हासिलगर्ने गरी आर्थिक क्रियाकलाप चलायमान बनाउन सरकार समक्ष आग्रह गरेको छ । अध्यक्ष मोरले बजेटमा लक्षित ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिलगर्न सकिने भन्दै त्यसका लागि आर्थिक गतिविधि विस्तार गर्नुपर्ने बताउनुभयो ।

भेटमा अध्यक्ष मोरले बजेटमा उल्लेखित धेरै विषय तत्काल कार्यान्वयनका लागि मौद्रिक नीति मार्फत व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बजेटमा जस्तै मौद्रिक नीतिमा पनि निजी क्षेत्रका समस्या सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ मार्फत् प्रत्येक निर्णय ७ देखि १५ दिनमा गरिसक्ने व्यवस्था गरेको भन्दै अध्यक्ष मोरले सरकारले प्रत्येक मन्त्रालयकाकाम यसरी सम्पन्नगर्ने गरी समय तोक्नुपर्ने बताउनुभयो । उहाँले सरकारी निकायका निर्णय प्रक्रिया छिटो र छरितो हुनुपर्ने भन्दै त्यसले सेवाप्रवाहमा सहजताल्याउने उल्लेख गर्नुभयो ।

कोभिड–१९ को भ्याक्सिन निजी क्षेत्रका उद्योगहरुमा कार्यरत मजदूर तथा कर्मचारीलाई प्राथमिकताका साथ उपलब्ध गराउन पनि परिसंघले आग्रह गरेको छ । यसैगरी मापदण्ड बनाएर निजी क्षेत्रलाई भ्याक्सिन आयातको अनुमति दिँदा थप सहजहुने र चाँडै नै लक्षित वर्गले खोप पाउने भएकोले यसतर्फ ध्यानदिन पसिंघले सरकारसमक्ष अनुरोध गरेको छ ।

भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले सरकारले बजेट कार्यान्वयनलाई आफ्नो परीक्षको रूपमा लिएको उल्लेख गर्नुभयो । उहाँले बजेटमा आएका प्रतिक्रियाले आफू उत्साहीभएको र निजी क्षेत्रलाई साथमा लिएर कार्यान्वयन अघि बढाउने बताउनुभयो । उहाँले असारभर तयारीका काम सक्ने र साउन १ गतेबाट बजेट कार्यान्वयनमा लैजाने गरी कामगरिरहेको भन्दै त्यसमा सबैको साथआवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।

मन्त्री पौडेलले कोरोनाको भ्याक्सिन खरिदमा सरकार अघि बढेको बताउनुभयो । उहाँले अमेरिका, चीन, भारत लगायतका देशबाट भ्याक्सिनखरिद गरी सबै नागरिकलाई उपलब्ध गराउन सरकार लागि परेको जानकारी गराउनु भयो ।

वि.सं.२०७८ असार ४ शुक्रवार ०८:३५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...