back
NMB ad

धितोपत्र बोर्डका कर्मचारीले सेयर बजारमा चलखेल गरेको भन्दै कारबाही गर्न अर्थ मन्त्रालयलाई इप्पानको आग्रह

Kumari bank ad

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र बोर्डका कर्मचारीलाई कारबाही गर्न सरकार सँग माग गरेको छ ।

बोर्डले असार १ गते वित्तीय अवस्था कमजोर भएका कम्पनीको सेयर कारोबारमा इन्साइडर छे«डिङ र कर्नरिङ भएको भन्दै सूचना जारी गरेकोमा त्यहाँका कर्मचारीलाई कारबाही गर्न अर्थमन्त्रालय समक्ष को माग गरेको हो । ‘धितोपत्र बोर्डको यो कदमको बारेमा गम्भीर अध्ययन गरेर बोर्डका कर्मचारीहरुबाट मिलेमतोमा भएको रहेछ भने दोषीलाई कारवाही गर्न समेत जोडदार माग गर्दछौं’ जारी विज्ञप्तिमा उल्लेख छ ।

बोर्डको यो कदमप्रति इप्पानको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । धितोपत्र बजारमा अहिलेसम्म ४० वटा जलविद्युत कम्पनीहरु सुचिकृत भएको र पछिल्लो समयमा धितोपत्र बजारमा सुचिकृत हुन चाहने कम्पनीको संख्या बढ्दै गएको जारी विज्ञप्तिमा उल्लेख छ ।

बोर्ड आफैले शेयर निश्काशनको अनुमती दिएर सूचिकृत भएका जलविद्युत कम्पनीको प्रकृतिलाई ख्यालै नगरीकन मूल्य आम्दानी अनुपात, प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थलाई मात्र आधार बनाएर दोश्रो बजारमा कारोबार भैरहेको २१ जलविद्युत् कम्पनीमा गरिएको लागानीलाई धितोपत्र बोर्डले जोखिमयुक्त लगानी भनेकोमा इप्पान दुःख व्यक्त गर्दछ ।

यदि कसैले शेयर कारोबारमा गलत गरेको आशंका भएमा नियामक निकाय धितोपत्र बोर्डले गोप्य रुपमा छानविन गरेर गलत गर्ने व्यक्ती वा संस्थालाई कारवाही गर्नुपर्ने हो । यदि जलविद्युत क्षेत्रमा गलत भएको भएमा स्वतन्त्र उर्जा उत्पादहरुको संस्था, नेपाल हरदम बोर्डलाई सहयोग गर्न तयार छ ।

इप्पानको वर्तमान नेतृत्व जलविद्युत क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन प्रतिवद्ध रहेको छ । तर यहाँ धितोपत्र बोर्ड आफैले कम्पनीको शेयर मुल्यमा चलखेल भएको भनेर कम्पनीको नाम निकालेर मिडियावजी गर्नु आफैमा लज्जास्पद छ । यसले धितोपत्र बोर्डले प्रदर्शन गरेको यस्तो अपरिपक्क व्यवहारले नीतिगत रुपमा नियन्त्रणको लागि स्थापना भएको धितोपत्र बोर्डको असक्षमता मात्र प्रदर्शन गरेको छैन । कतै बोर्ड भित्रकै व्यक्तीहरुबाट बजारमा चलखेल भैरहेको त छैन भन्ने गम्भिर आशंका पैदा भएको छ ।

नेपालमा तुनात्मक रुपमा राम्रो लाभ रहेको, खोलामा बगिरहेको पानी कच्चपदार्थको रुपमा उपयोग हुने, व्यापार घाटा सन्तुलनको लागि भूुमिका खेलिरहेको, निर्यात योग्य, लाखौ रोजगारी श्रृजना गर्ने, ग्रामीण क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने जलविद्युत कम्पनीको लगानीमा जनताको विश्वास पैदा गरेर जलविद्युत् विकासमार्फत आर्थिक संमृद्धि र रोजगारी श्रृजना गर्ने वातावरण तयार गनुपर्नेमा जलविद्युत् कम्पनीको लगानीमा जोखिम भन्दै विज्ञप्ती निकालेर धितोपत्र बोर्डले कस्को पक्षपोषण गर्न खोजेको हो, स्पष्ट पार्न जरुरी छ ।

जलविद्युत कम्पनीहरु सामान्यतया संचालनमा आउन सामान्यतया ४ देखि ५ वर्ष लाग्ने गरेको सर्वविधितै छ । जलविद्युत् कम्पनीहरुले २० देखि ३० प्रतिशत स्वपुँजी लगानी र ७० देखि ८० प्रतिशत ऋण लगानी गरेर जलविद्युत आयोजना निर्माण गर्ने गरेका छन् । अहिले प्राथमिक शेयर निष्काशन गरेर दोश्रो बजारमा कारोबार भैरहेका धेरै जलविद्युत् कम्पनीहरुको भर्खरै निर्माण सम्पन्न भएका, निर्माण सम्पन्नभई सरकारले समयमा प्रसारण लाइन निर्माण नगरेकाले उत्पादित विद्युत खेर गईरहेका र अझैसम्म निर्माणाधिन रहेका छन् ।

“वर्तमान अवस्थामा इप्पान कार्यसमितिको अथक प्रयासका कारण नेपाल विद्युत प्राधिकरणले १० मेगावाट भन्दा कम क्षमताका जलविद्युत आयोजनाहरुलाई लगाउँदै आएको हर्जना हटाउन सफल हुनु, ऊर्जा आयोजनाहरुलाई बैंक तथा वित्तिय संस्थाहरुले १४ प्रतिशतसम्म ब्याज लिंदै आएकोमा सो व्याजदर ७ प्रतिशतमा झार्न सफल हुनु, रुग्ण जलविद्युत आयोजनाहरुलाई सवल रुपमा संचालनका लागि नेपाल राष्ट्र बैंक मार्फत पुनरकर्जाको व्यवस्था गर्नु, जलविद्युत आयोजनाहरुलाई आवश्यक पर्ने सामग्रीहरुमा भ्याट छुटको व्यवस्था हुनु जस्ता सकारात्मक कदमहरुका कारण जलविद्युत कम्पनीहरुको प्रतिशेयर मूल्य आम्दानी, प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ कम हुनु स्वभाविक भएता पनि शेयर मूल्यमा सकारात्मक प्रभाव परेको प्रष्ट पार्न चाहन्छौं” जारी विज्ञप्तिमा भनिएको छ ।

किनकि जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेपछि मात्रै आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर विद्युत बेच्न शुरुभएपछि कम्पनीको आम्दानी विस्तारै बढेर प्रतिशेयर मूल्य आम्दानी, प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ वृद्धिहुने अवगत गराउन चाहन्छौं ।

तर धितोपत्र बोर्डले जलविद्युत् कम्पनीको यो प्रकृतिलाई ख्यालै नगरी बैक तथा वित्तिय संस्था वा अन्य व्यपारिक कम्पनीको जस्तै स्थापना हुनासाथ व्यापार शुरु गरेर तत्कालै नाफा कमाउने ठानेर अहिले गरेको मूल्याड्ढन अन्यायपूर्ण छ । धितोपत्र बजार आफैमा संवेदनशिल क्षेत्र हो । स्वतन्त्र बाजरमा मूल्य माग र आपूर्तीका आधारमा तय हुने भएपनि धितोपत्र बजारमा सानो सूचनाको भरमा, नियामक निकाय, राजनीतिक तथा आर्थिक क्षेत्रका व्यक्तीहरुको वोली र व्यवहारले समेत असर गर्दछ । त्यसैले दोश्रो बजारमा हुने शेयर कारोबारमा कम्पनी आफैले आफ्नो कम्पनीको शेयर खरिद विक्री गरेजस्तै गरेर धितोपत्र बोर्डले कम्पनीहरुको नामावली प्रकाशन गरेर मिडियावाजी गर्नु शोभनीय देखिएन ।

वि.सं.२०७८ असार ४ शुक्रवार ११:२६ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...