back
NMB ad

‘प्यान’मा नेपालीहरुको आकर्षण, ४० लाख ४३ हजार बढीले लिए

Kumari bank ad

काठमाडौं । नेपालमा स्थायी लेखा नम्बर लिने संख्यामा वृद्धि भएको छ । वैशाख मसान्त स्थायी लेखा नम्बर लिनेको कुल संख्या ४० लाख ४३ हजार ७९४ पुगेको छ ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको बुलेटीनको तथ्याङ्कले यस्तो देखाएको हो ।उक्त अवधिमा दर्ता भएका कुल करदातामध्ये सबैभन्दा बढी व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको रहेको छ ।

बैशाख मसान्तसम्म व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या २४ लाख ४१ हजार ५८६ रहेको विभागले जनाएको छ । यो स्थायी लेखा नम्बर लिने कुल संख्याको ६०.४ प्रतिशत हो ।

यस्तै, व्यवसायिक स्थायी लेखा नम्बर लिनेको संख्या १५ लाख ९३ हजार ७४, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ९ हजार १३४ पुगेको विभागले जनाएको छ ।

सैगरि मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख ८८ हजार ७०८ र अन्तःशुल्क दर्ता हुने करदाताको संख्या १ लाख ११ हजार ४९१ पुगेको छ ।

दर्ता खोरेजीबाट कायम भएको स्थायी लेखा नम्बर मात्र समावेश गरिएको विभागले जनाएको छ ।

वि.सं.२०७८ असार ६ आइतवार १४:३६ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...