काठमाडौं । रुरु जलविद्युत परियोजनाको सेयर मूल्य प्रतिकित्ता १ हजार नजिक पुगेको छ । साताको पहिलो कारोबार दिन ३.१६ प्रतिशतले वृद्धि भएसंगै कम्पनीको सेयर मूल्य ९८० रुपैयाँ पुगेको हो ।
आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँले बढेको हो । उक्त दिन कम्पनीको ७८ लाख ९४ हजार ८७८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको ८ हजार २५६ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
वि.सं.२०७८ असार ६ आइतवार १५:०१ मा प्रकाशित