काठमाडौं । साताको पहिलो कारोबार दिन विभिन्न कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको छ । आइतबार युनियन हाइड्रोपावरसहित विभिन्न कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो ।
उक्त दिन युनियन हाइड्रोपावरको सेयर ९.८१ प्रतिशत अर्थात प्रतिकित्ता ४२ रुपैयाँ घटेको छ । सेयर मूल्यमा गिरावटसंगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३८६ रुपैयाँ पुगेको छ ।
यस्तै, आज श्री इन्भेष्टमेन्ट फाइनान्सको ८.८४ प्रतिशत, बरुण हाइड्रोपावरको ८.७३ प्रतिशत र नेपाल हाइड्रो डेभलपरको ८.७० प्रतिशतले घटेको हो ।
यी कम्पनी सहित आज खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रो, सीईडीबी, ङादी गु्रप पावर लगायतका कम्पनीको सेयर मूल्य घटेको छ ।
हेर्नुहोस् कुनको कति घट्यो ?
वि.सं.२०७८ असार ६ आइतवार १५:१४ मा प्रकाशित