काठमाडौं । नेपाल चेम्वर अफकमर्सले सिन्धुपाल्चोक र मनाङ जिल्लाका बाढी पिडितहरुको लागि राहत सामाग्री हस्तान्तरण गरेको छ ।
चेम्बरले हालैको भिषणबर्षाको कारण उत्पन्न बाढीले सिन्धुपाल्चोकको मेलम्ची तथा हेलम्वु र मनाङ जिल्लामा जनधनको क्षति पुराएको घर परिवारलाई विभिन्न राहत सामग्री हस्तान्तरण गरेको हो ।
चेम्बरले त्रिपाल, चामल, नून, चिउरा, मस्यौरा तथा दाल उपलब्ध गराएको छ । उक्त राहत सामाग्री मनाङको लागि काठमाडौं स्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङलाई हस्तान्तर गरेको छ ।
यस्तै, हेलम्वु तथा मेलम्चीका बाढी पिडितका लागि सिन्धुपाल्चोक चेम्वर अफकमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाइ हस्तारन्तरण गरेको हो ।
वि.सं.२०७८ असार ६ आइतवार १६:११ मा प्रकाशित