back
NMB ad

कारोबार सुरुभए लगत्तै राधी विद्युत कम्पनीको सेयर मूल्यमा किन लाग्यो सर्किट ?

Kumari bank ad

काठमाडौं । राधी विद्युत कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार कारोबार सुरु भएलगत्तै कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०१ रुपैयाँले बढेर १११२ रुपैयाँ पुगेको छ । कम्पनीले मंगलबार नै आगामी साधारणसभाको पनि घोषणा गरेको छ । कम्पनीले असार २९ गते आर्थिक वर्ष २०७६-७७ को वार्षिक साधारणसभा गर्ने भएको छ ।

सोमबार बसेको कम्पनीको संचालक समितिको बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो । सभाले चुक्त पुँजीको ३६.५ प्रतिशत बोनस सेयर (कर बाहेक) जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाएको छ ।

बोनस सेयर जारी पश्चात कायम हुने चुक्त पुँजीको १४७.५२ प्रतिशत (१ः१.४७५२) कित्ता हकप्रद सेयर जारी गर्ने र जसका लागि आवश्यक कार्यका लागि संचालक समितिलाई अख्तियारी प्रत्यायोजना गर्ने प्रस्ताव लैजाँदै छ । कम्पनीले सभा र लाभांश प्रयोजनका लागि असार १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७८ असार ८ मंगलवार ११:२२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...