काठमाडौं । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा आयात २५.६७ प्रतिशतले बढेको छ भने निर्यात ३७.७८ प्रतिशतले बढेको छ ।
११ महिनाको अवधिमा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार रुपैयाँको आयात भएको छ । गत आवको सोही अवधिमा ११ खर्ब ८१ करोड ३४ लाख २० हजार रुपैयाँ रहेको थियो ।
विभागका अनुसार यो ११ महिनामा निर्यात ३७.७८ प्रतिशतले बढेर १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ८८ करोड ३१ लाख १० हजार रुपैयाँको निर्यात भएको थियो ।
११ महिनासम्मको अवधिमा वैदेशिक व्यापार घाटा २४.६१ प्रतिशतले बढेर १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख ६५ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा वैदेशिक ब्यापारघाटा १० खर्ब १२ अर्ब ८१ करोड ३ लाख १० हजार रुपैयाँ रहेको थियो ।
विभागका अनुसार यो अवधिमा वैदेशिक व्यापार २६.५६ प्रतिशतले बढेर १५ खर्ब ४ अर्ब ६१ करोड ८८ लाख ८३ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ११ खर्ब ८८ अर्ब ८१ करोड ६५ लाख ३० हजार रुपैयाँ रहेको थियो ।
वि.सं.२०७८ असार ९ बुधवार १७:३३ मा प्रकाशित