काठमाडौं । लोकसेवा आयोगको परीक्षा कार्यक्रम तोकेको छ । आयोगले आर्थिक वर्ष २०७६-७७ मा विज्ञापन प्रकाशन भई परीक्षा संचालन हुन बाँकी परीक्षा कार्यक्रम तोकेको हो ।
आयोगको परीक्षा संचालन शाखाले मंगलबार एक सूचना निकाल्दै रा.प.अनं. द्धितिय श्रेणी खरिदार वा सो सरह(अप्राविधिक) पदको प्रथम तथा दोस्रो चरण, रा.प. प्रथम श्रेणी(अप्राविधिक), सहसचिव वा सो सरह पदको परीक्षाका लागि मिति तय गरेको हो ।
यस्तै, रा.प. प्रथम श्रेणी (प्राविधिक), सहसचिव वा सो सरह, स्वास्थ्य सेवा, एघारौँ तह तर्फ, रा.प. द्धितिय श्रेणी (अप्राविधिक) उपसचिव वा सो सरह, शाखा अधिकृत, नासु वा सो सरहको परीक्षा विभिन्न मिति संचालन हुने भएको हो ।
लोकसेवा आयोगद्वारा तोकिएको परीक्षा मिति र कार्यक्रम हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ।
वि.सं.२०७८ असार १५ मंगलवार १५:५१ मा प्रकाशित