back
NMB ad

भन्सार छलेर ल्याएको गाडीसहित ४ जना पक्राउ, डेढ करोडको गाडी ९० लाखमा बिक्री

Kumari bank ad

काठमाडौं । भन्सार छलि गरेर ल्याएका दुईवटा गाडी र नक्कली सवारी दर्ता किताब लगायतका किर्ते कागजात बनाएको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लमजुङ शुन्दरबजार नगरपालिका-३ बस्ने कमल बाबु पुरी भन्ने ३३ वर्षीय कमल बाबु भट्ट, भक्तपुर चाँगुनारायण नगरपालिका-२ बस्ने ४१ वर्षीय मधु सिलवाल, भक्तपुर सूर्यबिनायक नगरपालिका-८ बस्ने २४ वर्षीय अरूण खडका र काठमाडौं शान्तिनगर बस्ने मोरङ कानेपोखरी गाउँपालिका-७ वतन भएका ४१ वर्षीय रेवती रमण निरौला रहेका छन् ।

भन्सार छलि काठमाडौं भित्र्याईएका चार पाङ्ग्रे सवारी साधनहरूको बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका-७ गोपीकृष्ण हल नजिकबाट ग.३ च १४६२ नम्बर प्लेट भएको हुण्डाई कम्पनीको क्रेटा कार सहित कमल बाबुलाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा अर्को क्रेटा गाडी समेत अरुण र मधुको समूहले बिक्री गर्न राखेको खुल्न आएपछि प्रदेश ३-०१० २४ च ०२५३ नम्बर प्लेटको क्रेटा कारसहित सूर्यबिनायक नगरपालिका-६ गणेश मन्दिर नजिकबाट उनीहरूलाई फेला पारी पक्राउ गरेको हो ।

बरामद भएका दुईवटै सवारी साधनको दर्ता किताब कमल बाबुको नाममा रहेको पाइएपछि सोधपुछ गर्नेक्रममा रेवतीले ब्लूबुक बनाईदिने गरेको भन्ने खुल्न आएपछि उनलाई पशुपती मन्दिर परिसर काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले रेवतीको काठमाडौं शान्तिनगरस्थित कोठाबाट बिभिन्न सरकारी कार्यालयका छाप, विश्वविद्यालयका छाप, यातायात व्यवस्था कार्यालयका १ सय ९१ वटा छाप सहित विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्रहरू, सवारी चालक अनुमतिपत्र लगायतका कागजातहरू बरामद गरेको छ ।

उक्त गाडीहरूको प्रचलित बजार मूल्य प्रति कार ७० लाखका दरले १ करोड ४० लाख पर्नेमा उनीहरूले ४५ लाखका दरले जम्मा ९० लाखमा बिक्री गर्न लागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

वि.सं.२०७८ असार १६ बुधवार १४:४८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...