back
NMB ad

छुट्ला है दुई बैंकसहित ४ कम्पनीको सेयर, भोलि आवेदन दिने अन्तिम दिन

Kumari bank ad

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको स्वामित्वमा चार कम्पनीको संस्थापक सेयर लिलामीमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ ।

कम्पनीले असार ११ गतेदेखि प्रभु बैंक, प्राइम कमर्सियल बैंक, नेशनल लाइफ इन्स्योरेन्स र नेपाल ग्रामीण विकास लघुवित्त को संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको थियो ।

कम्पनीले न्युनतम मूल्य २५५ रुपैयाँ रहेको प्रभु बैंकको १ लाख कित्ता, न्युनतम मूल्य २५० रुपैयाँ तोकिएको प्राइम कमर्सियल बैंकको १ लाख ७० हजार कित्ता, ५ रुपैयाँ तोकिएको नेशनल लाइफको २ लाख २५ हजार कित्ता, ६ सय रुपैयाँ न्युनतम मूल्य रहेको ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता संस्थापक सेयर लिलामीमा भोलि बैंकिङ समयसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । कम्पनीको सेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

सबै कम्पनीको सेयर खरीदका लागि बोलकबोल गर्दा सबै न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

वि.सं.२०७८ असार १७ बिहीवार १४:५१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...