back
NMB ad

सुन धितो राखी बजार मूल्यमा २५ प्रतिशत मार्जिन कट्ने गरि कर्जा प्रवाह गर्नुपर्छ : महासंघ

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सुन धितो राखेर बजार मूल्यमा बढीमा २५ प्रतिशतमात्र मार्जिन कट्ने गरि कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ ।

महासंघले आगामी मोद्रिक नीतिका साना तथा मझौला स्वरोजगरा प्रकृतिका उद्योग व्यवसयामा कार्यगत पुँजीको तरलता अभाव हुन नदिन यस्तो सुझाव दिएको हो ।

सुन धितो राखी बजार मूल्यमा बढीमा २५ प्रतिशत मात्र मार्जिन कट्ने गरी अधिकांश जिल्लाका बैंकका शाखाहरुले क्रमशः कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था मिलाइनु पर्ने महासंघका सुझाव छ ।

साथै महासंघले हालको क्रेडिट रेटिङ्गको व्यवस्था खर्चिलो र झण्झटिलो भएको कारण यसलाई परिमार्जन गरी ५ वर्ष वा सो भन्दा बढी अवधिदेखि सञ्चालनमा रहेका उद्योगहरुलाई कर्जा प्रवाह गर्दा क्रेडिट रेटिङ्ग गराउन नपर्ने र गर्नै पर्ने अवस्थामा हालको सिमा ५० करोडबाट बृद्धि गरी १ अरव ५० करोड रुपैयाँ पु¥याइनुपर्ने सुझाव दिएको छ ।

अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण क्षेत्रको रुपमा रहेको तथा आम सर्वसाधारणको चासोका रुपमा रहेको सवारी, रियल इस्टेट र सेयर कर्जाको बिकास, विस्तार एवं सुरक्षाका लागि सम्बन्धित क्षेत्रका व्यवसायीहरुसंग छलफल गरी आवश्यक व्यवस्था गर्नुपर्ने महासंले सुझाव दिएको छ ।

यस्तै, आगामी मौद्रिक नीतिका लागि महासंघले साना मझौला उद्यमी एवं सर्वसाधारणलाई सेवा दिइरहेका हायर पर्चेज कम्पनीबीचमा रहको कर्जा सम्बन्धि विभेद र तोकिएको स्प्रेडदर हटाउनुपर्ने सुझाव दिएको छ ।

वि.सं.२०७८ असार २० आइतवार १७:४७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...