काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट आजदेखि विद्युत उत्पादन हुने भएको छ ।
४५६ मेगावाटको स्वदेशी लगानीमा करिब ११ वर्ष लगाएर निर्माण भएको आयाृेजनाबाट आजदेखि विद्युत उत्पादन सुरु हुने भएको छ । आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको भर्चुअल माध्यमबाट आयोजनाको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
आयोजनाको ४५६ मेगावाट मध्ये पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ भने थप ७६ मेगावाट पनि केही दिनमा प्रशारण लाइनमा जोडिने छ ।
आयोजना आर्थिक वर्ष २०६७-६८ बाट शुरु गरेर २०७१ चैतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर भूकम्प, भारतले गरेको नाकाबान्दी, कोरोना महामारी लगायतलाई बाहना बनाएर आयोजनाको निर्माण अवधि थपियो ।
निर्माण अवधिसँगै लागत पनि ३५ अर्बबाट करिब ८० अर्ब पुगेको छ । आयोजनालाई राष्ट्रिय प्रशारणमा जोड्ने २२० केभी गोंगर–खिम्ती प्रशारणलाइनको निर्माण सकिएको छ ।
वि.सं.२०७८ असार २१ सोमवार १०:१२ मा प्रकाशित