back
NMB ad

निगम सरकारी स्वामित्वमा रहनुपर्छ, कोषले लिने व्याज र हर्जनामा पुनः विचार आवश्यक : महाप्रबन्धक पौडेल

Kumari bank ad

काठमाडौं । नेपाल वायुसेवा निगम पूर्ण रुपमा सरकारको स्वामित्वमा नै नहनुपर्ने जनाएको छ । निगमका महाप्रबन्धक डिम प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उक्त कुरा रहको छ ।

जारी विज्ञप्तिमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगममा रहेको ऋण लगानीमा हाल लिँदै आएको व्याजदर र हर्जना सम्बन्धमा पुनःविचार गर्न निगमले कोषहरुसँग आवश्यक समन्वय गरी चालू वर्षको व्याज दायित्व यकीन गर्ने उल्लेख छ ।

चरम आर्थिक संकटमा गुज्रिरहेको भन्दै सरकारी स्वामित्वमा रहेको निगमलाई सवल बनाउन आर्थिक सहायताका लागि सरकार, अर्थ मन्त्रालयमा निगमले गरेको अनुरोधका सम्बन्धमा मन्त्रालयबाट निर्देशन प्राप्त भएको जनाएको छ ।

निगमको संगठन पुनसंरचना गरी व्यवसायीक एंव प्रतिस्पर्धी बनाईने भएको छ । खुला प्रतिस्पर्धाका माध्यमबाट रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया शुरु गरिने र निगमको सेयर पूँजी संरचना परिवर्तन गरी वृद्धि गरिने भनिएको उल्लेख छ ।

आगामी आर्थिक वर्ष २०७८-०७९ को बजेटको बुँदा न ४२७ मा भएको व्यवस्थाको कार्यान्वयन तथा दुवै कोषले निगममा गरेको ऋण लगानी सम्बन्धमा अर्थ मन्त्रालयका सचिवको अध्यक्षतामा जेठ २८ गते बसेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने भनिएको छ ।

जसमा निगमको सङ्गठन पुनःसंरचना गरी व्यावसायिक एवं प्रतिस्पर्धी बनाई, खुला प्रतिस्पर्धाका माध्यमबाट रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया शुरु गर्ने र निगमको शेयर पूँजी संरचना परिवर्तन गरी वृद्धि गर्ने भन्ने नीतिगत व्यवस्थाबमोजिम आवश्यक अवधारणापत्रसहित कार्यान्वयन कार्ययोजना बनाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा २०७८ असार १५ गते भित्र पेश गर्ने, साथै निगमलाई कम्पनी मोडलमा रुपान्तरण गर्न यथाशीघ्र डिडिए गर्ने निर्णय भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७८ असार २४ बिहीवार ११:०७ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...