back
NMB ad

फ्रान्सेली लगानीकर्तालाई पूर्वाधार, पर्यटन, कृषि प्रशोधन उद्योगमा लगानी गर्न महासंघका अध्यक्ष गोल्छाको आग्रह

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गर्नुभएको छ ।

नेपाल फ्रान्स व्यवसायिक मंचको भर्चुअल बैठकमा अध्यक्ष गोल्छाले नेपाल लगानी भित्र्याउन तयार रहेको बताउनुभयो । अध्यक्ष गोल्छाले नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढी सकेकाले नेपालमा पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटलाईजेसन, कृषि प्रशोधन उद्योगमा सम्भावना रहेको बताउँदै फ्रान्सेली लगानीकर्तालाई लगानी भित्र्याउन आग्रह गर्नुभयो ।

अध्यक्ष गोल्छाले महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण रणनीति २०३० (नेट २०३०) का विषयमा पनि जानकारी गराउनुभयो । नेट २०३० मा लगानीका क्षेत्रका विषयमा स्पष्ट किटान गरिएको जानकारी गराउनुहुंदै विशेष गरी सन् २०३० सम्म नेपालको अर्थतन्त्र १ सय अर्ब अमेरिकी डलर पुरयाउने, थप २३ लाख रोजगारी सृजना गर्ने, अर्थतन्त्रसंग व्यापार घाटाको अनुपात आधा घटाउने लक्ष्य लिइएका छन ।

हालसम्म फ्रान्सबाट एक सय ७ परियोजनामा करिब एक अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएको छ । व्यापार प्रवद्र्धन केन्द्रका अनुसार गत बर्ष फ्रान्ससँगको व्यापार घाटा करिब साढे ८ अर्ब रुपैयाँ छ ।

बैठकमा दुवै देशबाट ५० जना उद्यमी व्यवसायीहरूको सहभागिता थियो । बैठकमा दुवै देशबाट विमानस्थल इन्जिनियरिङ, निर्माण, डिजिटल सेक्यूरिटी, बैकिङ, शिक्षा, स्वास्थ्य, कृषि, बैकिङ, पर्यटन, उर्जा, खाद्य प्रशोधन, अटोमोवाइल, र्यामिट्यान्स लगायतका क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो ।

कार्यक्रमलाई संवोधन गर्नुहुंदै नेपालका लागि फ्रेन्सेली राजदुत फंस्वा–जाभिए लेजे र पेरिसस्थित नेपाली राजदूत दिपक अधिकारीले नेपालमा रहेको अधिकतम लगानीको सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरि लाभ उठाउन जोड दिनुभयो । आपसी लगानी विस्तार गर्न र निजी क्षेत्र बीचको सम्बन्ध विस्तारमा यो बैठक कोशेढुंगा हुने उहाँहरूको विश्वास थियो ।

मेडेफको भारत तथा नेपालका लागि प्रमुख डेनियल मात्रेले नेपालमा लगानीको वातावरणलाई आफूले नजिकबाट नियालीरहेको बताउदैं भारतमा रहेको फ्रान्सेली संयुक्त लगानीलाई नेपालमा आकर्षित गर्न आफ्नो तर्फबाट प्रयास भैरहेको जानकारी गराउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले द्विपक्षीय सम्बन्धलाई थप मजबूद पार्दै एक अर्काबाट आपसी लाभ उठाउन नेपाल फ्रान्स विजजेश फोरम जस्ता मंचको अधिकतम प्रयोगमा जोड दिनुभयो । नेपाल वाह्य लगानीको भोको रहेकाले नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । पर्यटन तथा आतिथ्यता क्षेत्रमा रहेको फ्रान्सको विज्ञता नेपालको पर्यटन प्रवद्र्धनमा पनि आकर्षण गर्नुपर्ने सुभाव उहांको थियो । बैकिङ क्षेत्रमा पनि लगानीको सम्भाव्यता रहेको उहांले स्पष्ट पार्नुभयो ।

त्यस अवसरमा नेपालका तर्फबाट कार्यपत्र प्रस्तुत गर्नुहुंदै महासंघको अन्तराष्ट्रिय लगानी प्रवद्र्धन फोरमका सभापति आनन्द वगाडियाले विदेशी लगानीकर्तालाई सहजीकरण गर्न महासंघले संयन्त्र निर्माण गरिरहेको जानकारी दिनुभयो । उहाँले वैदेशिक लगानी सम्बन्धी नीतिगत व्यवस्था, लगानीको वातावरण, नेपालको भौगोलिक अवस्था तथा चीन तथा भारतको बजार, श्रम शक्ति, भिसाको सहज व्यवस्था, लगानीका क्षेत्रहरू, भौगोलिक विविधता लगायतका विषयमा स्पष्ट पार्नु भएको थियो ।

वि.सं.२०७८ असार २४ बिहीवार १८:३५ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...