back
NMB ad

बागमती प्रदेश सभाको बजेट बहुमतले पारित, प्रतिपक्ष दलमा सुरु भयो किचलो

Kumari bank ad

काठमाडौं । बागमती प्रदेश सभाको बजेट बहुमतले पारित भएको छ । असार १ गते सरकारले प्रदेश सभामा प्रस्ताब गरेको बजेटमाथि लगातार अबरोध गरेपनि आइतबार बजेट पारित भएको छ ।

सत्तापक्षका सांसद एकजुट हुँदा बागमती प्रदेश सभाको बजेट बहुमतले पारित भएको छ । निती कार्यक्रम र बजेट पास गर्न एमालेका बहुमत सांसदहरु एक भएका छन् । सत्तापक्ष एक नहुँदा बजेटमाथि छलफल अघि बढ्न सकेको थिएन । एमाले भित्रको विवाद मिलेपछि मात्रै बजेटमाथि छलफल प्रकृया अघि बढाईएको थियो । बजेट पास गराउन प्रमुख प्रतिपक्ष दलका नेता शालीकराम जम्मकट्टेल र नेपाली कांग्रेसका नेता इन्द्र बानियाँले हिस्सा लिएको भन्दै प्रतिपक्ष दलभित्र विवाद सुरु भएको छ ।

प्रमुख प्रतिपक्ष दलको उपनेता कुमारी मुक्तान र नेपाली कांग्रेसका जीवन डंगोल आइतबारको प्रदेश सभा बैठकमै अनुपस्थित रहेका थिए । डंगोल कांग्रेसभित्र बानियाँसंग संसदीय दलका नेतामा प्रतिस्पर्धा गरेका कांग्रेसका प्रदेश सभा सदस्य हुन् । पार्टीभित्रको असन्तुष्टीका बिच प्रदेश सभा बैठक अघि बढाउन कार्यव्यवस्था परामर्श समितीमा सहभागीता जनाई सहमती गरेका विपक्ष दलका नेता विद्युत लाईन नभएको भन्दै बैठकबाट बाहीरिएका थिए ।

सभामुखले ५ मिनेटपछि पुनः बैठक सुरु हुने बताईरहँदा प्रमुख प्रतिपक्ष दलका नेता र कांग्रस संसदीय दलका नेता संसद बैठक अबरुद्ध नगरि बाहीरिएपछि सत्तापक्षलाई बजेट पास गर्न सहज अवस्था बनेको थियो । बिद्युतीय बस खरिद प्रकृया रोक्न र सुरुङ मार्गमा बजेट नराख्न माग गदै आएका प्रतिपक्ष दलले बैठक स्थगित नगरी सुचारु हुन दिएर सरकारलाई सहयोग गरेका छन् ।

वि.सं.२०७८ असार २८ सोमवार ११:१० मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...