back
NMB ad

बागमती प्रदेश सरकारले कार, बस, मोटरसाइकल तथा स्कुटरमा बढायो कर, अब कति तिर्नुपर्छ ?

Kumari bank ad

काठमाडौं । बाग्मती प्रदेश सरकारले दुई तथा चार पाङग्रे सवारी साधनको कर बढाएको छ । प्रदेश सरकारले ‘आर्थिक ऐन २०७८’ मार्फत् बढाएको सवारी साधनको नयाँ कर नयाँ आर्थिक वर्षसँगै लागु भएको छ ।

प्रदेश सरकारले आर्थिक ऐनमार्फत् निजी सवारी साधन जस्तैः कार जीप, भ्यान, माइक्रोबस, मोटरसाइकल तथा स्कुटर, भाडामा दर्ता भएका कार, जीप, भ्यान तथा माइक्रोबसको कर बढाएको हो ।

प्रदेश सरकारले असार ३० गते राजपत्रमा प्रकाशित सूचना अनुसार  १००० सीसीसम्मको सवारी साधानको २२ हजार, हजार देखि १५ सय सम्मको २५ हजार, १५ सय देखि २ हजार सीसीसम्मको २७ हजार, २ हजारदेखि २५ सय सीसीसम्मको ३७ हजार, २५ सय देखि ३ हजार सम्मको ५० हजार, ३ हजार देखि ३५ सय सीसीसम्मको ६० हजार र ३५ सय सीसी भन्दा माथि सबै सीसीको ६५ हजार कर लाग्ने छ ।

यस्तै १२५ सीसीसम्मको  मोटरसाइकल तथा स्कुटरको ३ हजार, १२५ देखी १५० सीसीसम्म ५ हजार, १५० सीसीदेखि २२५ सीसीसम्म ६ हजार ५००, २२५ देखि ४०० सीसीसम्म ११ हजार, ४ सय देखी ६५०  सीसीसम्म २० हजार रुपैयाँ र ६५० सीसीभन्दा माथिका मोटरसाइकल तथा स्कुटरमा ३० हजार रुपैयाँ वार्षिक कर लाग्ने छ ।

यस्तै भाडामा दर्ता भएका सवारी साधानमा १००० सीसीसम्म ११ हजार, १ हजार देखि १५ सय सीसीसम्म १२ हजार ५००,  १५ सय देखि २ हजार सीसीसम्म १३ हजार ५००,  २ हजार देखि २५ सय सीसीसम्म १४ हजार ५००, २५ सय देखि ३ हजार सीसीसम्म १६ हजार ५००, ३ हजार देखि ३५ सय सीसीसम्म १७ हजार ५००, ३५ सय देखि ४ हजार सीसीसम्म १९ हजार र ४००१ भन्दा बढी सीसीका सवारीमा २२ हजार कर लाग्ने छ ।

वि.सं.२०७८ साउन ३ आइतवार १३:२० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...