काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । सोमबार छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।
अघिल्लो कारोबार दिन ९२ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको सुनको मूल्य आज बढेर ९२ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
उक्त दिन नेपाली बजारमा तेजावी सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँ रहेको छ । अघिल्लो कारोबार दिन प्रतितोला ९२ हजार १ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
यस्तै, सोमबार चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज प्रतितोला ५ रुपैयाँले घटेको चाँदीको भाउ १२ सय ९० कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन १२ सय ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
वि.सं.२०७८ साउन ४ सोमवार १०:३४ मा प्रकाशित