back
NMB ad

जीवन बीमाको २७, निर्जीबनको २३ % ले बढ्यो बीमा शुल्क आर्जन, करिब १० अर्बको पोलिसी सरेण्डर

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्षमा कोरोना महामारीले धेरै क्षेत्रलाई निकै प्रभावित बनायो । मानिसको दैनिक जिवीकोपार्जन देखि उद्योग व्यवसायसम्मलाई निकै असर पर्यो । तर बीमा कम्पनीहरुलाई भने कुनै पनि असर नदेखिएको प्रकाशित तथ्याङकले देखाएको छ ।

बीमा समितिका अनुसार गत आर्थिक वर्ष २०७७ -७८ मा जीवन बीमा कम्पनीले २७.१२ र निर्जीबन बीमा कम्पनीले २२.७४ प्रतिशत बढी बीमा शुल्क आर्जन गरेका छन् ।

जीवन तथा निर्जीन बीमा कम्पनीले गरी १ खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । समितिका अनुसार १९ वटा जीवन बीमा कम्पनीहरुले १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले ३१ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
बीमा समितिका अनुसार कुल ग्राहस्थ उत्पादनमा बीमा शुल्कको योगदान ३.५८ प्रतिशत रहेको छ । अहिलेसम्म २४.७६ प्रतिशत मानिस बीमाको पहुँचमा पुगेका छन् । बीमा क्षेत्रमा गत आवसम्ममा १० हजार ७५२ जनाले रोजगारी पाएका छन् ।

असार मसान्तसम्म जीवन बीमा कम्पनीको चुक्ता पुँजी ३८ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने निर्जीबन बीमा कम्पनीको चुक्ता पुँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको छ । समितिका अनुसार गत आवमा जीवन बीमा कम्पनीमा १५ हजार ९४६ वटा बीमालेखको २ अर्ब २५ करोड २ लाख र निर्जीवन तर्फ ८६ हजार ४४० वटा बीमालेखको २० अर्ब १४ करोड ५१ लाख बीमा मागदाबीको भुक्तानी भएको छ ।

समितिले गरेको स्थलगत अनुगमनका क्रममा गत आवमा जीवन बीमा मार्फत ९ अर्ब ८८ करोड १४ लाख बराबरको ६३ हजार ३३१ वटा बीमालेखहरु व्यतित (सरेण्डर) भएको पाइएको छ ।

वि.सं.२०७८ साउन ५ मंगलवार १६:४४ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...