back
NMB ad

व्यवसाय विस्तारमा आक्रमक बन्दै नेशनल लाईफ, प्रथम बीमाशुल्क चार अर्ब नाघ्यो

Kumari bank ad

काठमाडौं । जीवन बीमा व्यवसायमा नेशनल लाईफ इन्स्योरेन्सको चामत्कारिक प्रगति देखिएको छ ।

कम्पनीले प्रथम बीमा शुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठुलो कम्पनीमध्ये एक एलआईसी नेपाललाई उछिन्न सफलभई नेशनललाईफ दोश्रो स्थानमा उक्लिएको हो ।

कम्नपीको कुल बीमाशुल्क १२ अर्ब १६ करोडसहित प्रथम बीमाशुल्क चार अर्बभन्दा माथि पुगेको छ । बीमा समितिको सुत्र अनुसार एलआइसी नेपालको प्रथम बीमाशुल्क ३ अरब ५५ करोड रुपैयाँ आर्जन गरी तेश्रो स्थानमा रहेको छ भने युनियन लाईफको ३ अरब १९ करोड संकलन गरी चौथो स्थानमा रहेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७७÷०७८ मा कम्पनीले ७० प्रतिशतभन्दा बढि प्रथम बीमाशुल्क संकलन गर्न सफलभएको हो ।

त्यस्तै, नविकरण बीमाशुल्क समेत उल्लेख्य रुपमा वृद्धिभएको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख कुल बीमाशुल्क संकलन गरेकोमा गत आवमा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

सबै वित्तिय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अब नेपालको दोश्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको छ । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्स कम्पनी हो ।

उक्त कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अरब ८४ करोड कुल बीमाशुल्क आम्दानी गरेको छ ।

वि.सं.२०७८ साउन ५ मंगलवार १७:२० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...