काठमाडौं । सरकारले बकर इदको अवसरमा आज (बुधबार) सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार (आज) मुलुकभर लागू हुने गरी सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
मन्त्रिपरिषद्को साउन ४ गते बसेको बैठकले गरेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारले सार्वजनिक बिदा दिए सँगै आज सेयर कारोबार बन्द हुने भएको छ ।
वि.सं.२०७८ साउन ६ बुधवार ०७:४० मा प्रकाशित