back
NMB ad

करिब दुई दर्जन कम्पनीलाई १५ अर्बको आईपीओ निष्काशन गर्न बोर्डले दियो अनुमति, तपाईलाई कति पर्यो सेयर ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गत आर्थिक बर्ष २०७७/७८ मा कुल १५ अर्ब १७ करोड ८३ लाख २८ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्न स्वीकृत दिएको छ ।

बोर्डले विभिन्न २२ कम्पनीलाई १५ करोड १७ लाख ८३ हजार २८७ कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डबाट स्वीकृति पाएका अधिकांश कम्पनीले आईपीओ निष्काशन गरिसकेका छन् । गत आवको अन्त्य तिर स्वीकृति पाएका कम्पनीले भने आईपीओ निष्काशनको तयारीमा रहेका छन् ।

बोर्डले गत आवमा पहिलो पटक रिलायन्स लाइफ इन्स्योरेन्सलाई आईपीओ निष्काशनको लागि अनुमति दिएको थियो । बोर्डले गत साउन १६ गते कम्पनीलाई ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ निष्काशनका लागि अनुमति दिएको थियो ।
वर्षको अन्तिम समयमा भने साम्लीङ पावर कम्पनीलाई १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ निष्काशनका लागि अनुमति दिएको जनाएको छ । यो कम्पनीको आईपीओ निष्काशन गर्न बाँकी रहेको छ ।

गत आवमा सबैभन्दा बढी नेपाल इन्फ्रास्टक्चर बैंकले आईपीओ निष्काशन गरेको छ । उक्त बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गरेको छ । यो कम्पनीले आईपीओ निष्काशन गरेपछि आईपीओमा लगानीकर्ताको निकै आकर्षण देखिएको छ ।

कम्पनीको आईपीओ खुलेपछि डिम्याट खाता खोल्ने क्रम पनि निकै बढेको छ । आईपीओमा यो कम्पनी निकै रोलमोडल समेत देखियो ।

गत आवमा ८ वटा हाइड्रोपावर, ५ वटा माइक्रोफाइनान्स, ७ वटा इन्स्योरेन्स, १ वटा बैंकिङ र १ वटा अन्य क्षेत्रका कम्पनीले आईपीओ निष्काशन गर्न अनुमति पाएका छन् ।

अघिल्लो वर्ष यही अवधिमा कम्पनीहरुले आईपीओ निष्काशन गर्दा माग अनुुसार आवेदन नपर्ने, अण्डरराइटरले सकार्नुपर्ने जस्ता बाध्यता थिए । तर पछिल्लो समयमा माग भन्दा कयौ गुणा बढी आवेदन पर्ने र लक्की ड्र गरेर बाँडफाँड गर्दा धेरैको हातखाली हुने गरेको छ । आईपीओमा पनि नयाँ रेकर्ड बनेको छ । करिब २२ लाखले समेत आवेदन दिइसकेका छन् ।

गत आवमा आईपीओ निष्काशन गर्न अनुमति पाएका कम्पनीहरुः

 

 

 

वि.सं.२०७८ साउन ६ बुधवार १३:५० मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...