काठमाडौं । साताको अन्तिम कारोबार दिन तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । बिहीवार लक्ष्मी उन्नती कोष, सीईडीवी हाइड्रोपावर र ङादी ग्रुप पावरको सेयर मूल्यमा सर्किट लागेको हो ।
यी तीनै कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले वृृद्धि भएको हो । सेयर मूल्यमा सर्किट लागेपछि प्रतिइकाई १५ रुपैयाँ ६८ पैसा पुगेको छ ।
उक्त दिन सीईडीबी हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ६९ रुपैयाँले वृद्धि भई ७५९ र ङादी ग्रुप पावरको प्रतिकित्ता ६३ प्रतिशतले वृद्धि भई ६९४ पुगेको छ ।
यस्तै, आज पोखरा फाइनान्सको ९.९५ प्रतिशत, माउनटेन हाइड्रो नेपालको ९.९५ प्रतिशत, लक्ष्मी इक्विटी फण्डको ९.५३ प्रतिशत, जीईएमईएस १ को ९.५० प्रतिशतले वृद्धि भएको छ ।
यी कम्पनीसहित आज सिटिजन्स म्युचुअल फण्ड १ र २ , कालिका पावर कम्पनी, ग्रीन लाइफ हाइड्रोपावर, कृषि विकास बैंक, कुमारी इक्विटी फण्ड लगायतका लगानीकर्ताहरुले कमाएका छन ।
यी हुन् कमाउने कम्पनीहरु :
वि.सं.२०७८ साउन ७ बिहीवार १५:१२ मा प्रकाशित