काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य सामान्य वृद्धि भएको छ ।
बिहीबार बैंकको सेयर मूल्य शन्य दशमलव ४१ प्रतिशतले बढेको हो । उक्त दिन बैंकको सेयर मूल्य प्रतिकित्ता २ रुपैयाँले वृद्धि भई ४९४ पुगेको छ ।
आज निफ्रोको १० करोड २९ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन बैंकको २ लाख ९ हजार ४६७ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
वि.सं.२०७८ साउन ७ बिहीवार १५:३६ मा प्रकाशित