back
NMB ad

अर्थतन्त्र उकास्न र व्यापार घाटा कम गर्न बहुमुल्य वस्तुको निकासीलाई प्रोत्साहित गर्नुपर्छ : महासंघ

Kumari bank ad

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले अर्थतन्त्त उकास्न र व्यापार घाटा कम गर्न बहुमूल्य बस्तुको निकासीलाई प्रोत्साहित गर्नु पर्नेमा जोड दिएको छ ।

महासंघका अध्यक्ष अध्यक्ष रमेश महर्जनको नेतृत्वमा गएको प्रतिनिधि मण्डल र अर्थमन्त्री जनार्दन शर्माबीच कोभिड–१९ को दुष्परिणामबाट शिथिल बनेको अर्थतन्त्रलाई पुनर्उत्थान गर्न र वाह्य व्यापारमा देखिएको अत्याधिक घाटालाई कम गर्नुपर्ने उपायहरु लगायतका विषय छलफल भएको हो ।

महासंघले मुलुकको कूल वाह्य व्यापारमा असन्तुलन बढेर आयात ९२ प्रतिशतर निर्यात ८ प्रतिशतमा सीमित हुन पुगेको गंभिर अवस्थालाई दृष्टिगत गरी अर्थतन्त्रमा महत्वपूर्ण रुपमा मूल्य अभिवृद्धि गर्न सक्ने वहुमुल्य वस्तुहरुको निर्यातलाई प्रोत्साहित गर्नु पर्नेमा जोड दिएको हो ।

देश भित्र वर्षेनी अवौं मूल्यका सुन, चाँदी, रत्न, पत्थर आदि वहुमूल्य वस्तुहरु आयात भइरहेको छ । तर स्वदेशी भूगर्भमा थुप्रै प्रकारका वहुमूल्य धातु तथा रत्न, पत्थर आदि रहेको अनुसन्धानबाट पुष्टी भएको छ । तसर्थ तिनीहरुको उत्खनन र प्रशोधन भएमा आयात प्रतिस्थापनमा ठूलो टेवा पुग्नेछ भने निर्यात पनि गर्न सकिने महासंघले भनेको छ ।

अन्तराष्ट्रिय बजारमा नेपाली मौलिक वहुमुल्य गहना प्रति ठूलो आकर्षण छ । नेपालबाट निकासी हुने अन्य वस्तुले पाए सरहको सुविधा पनि वहुमूल्य गहनाको निकासीमा उपलव्ध छैन ।

अर्थतन्त्रमा बढी लाभ दिन सक्ने क्षेत्र नै कुष्ठित भएकोले निर्यात व्यापारले गति लिन सकेको छैन । परंपरागत वस्तुको निर्यात र पुरानै कार्यशीेली मात्रै वाह्य व्यापारमा सुधार हुन सक्तैन । तसर्थ कम तौल र उच्च मूल्यका वहुमूल्य गहनाको निर्यातलाई प्रोत्साहित गर्नु जरुरी छ ।

विद्यमान व्यापार घाटा कम गर्नमा उल्लेख्य योगदान हुन सक्ने भएकोले त्यस तर्फ अविलम्व कदम चाल्न नेपाल सरकार समक्ष महासंघले अनुरोध गरेको छ ।

आभुषण व्यवसायले वृहत आकार लिइसकेको र आम नागरिकको समेत ठूलो लगानी भइसकेको यस क्षेत्रलाई थप व्यवस्थित तुल्याउनु जरुरी रहेको महासंघले जनाएको छ ।

सुनको आयातमा कोटा निर्धारण गरी बढ्दो मागलाई नियन्त्रण गरिएको र आयातको एकाधिकार वाणिज्य बैंकहरुलाई मात्रै दिइएकोले वहुमूल्य गहनाको कच्चा पदार्थको आपूर्तिमा अन्योलको स्थिति उत्पन्न भईरहेको महासंघले जनाएको छ ।

मागको अनुपातमा आपूर्तिलाई सहज तुल्याउन कोटा बढाउन वा बैंकको एकाधिकार अन्त्य गरी सुन आयातलाई ओजीएल अन्तर्गत ल्याइनु पर्नेमा महासंघले जोड दिएको छ ।

वि.सं.२०७८ साउन ७ बिहीवार १७:१८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...