back
NMB ad

एलआईसी नेपालले दिएन बीमितलाई बीमा रकम, बीमा समितिमा पर्यो उजुरी (पत्रसहित)

Kumari bank ad

काठमाडौं । लाइफ इन्स्योरेन्स कम्पनीले बीमा रकम नदिए पछि बिमित धर्मराज भण्डारी उजुरी लिएर बिमा समिति पुगेका छन् । भण्डारीले गत मंगलबार कम्पनी विरुद्ध समितिमा उजुरी दिनुभएको छ ।

भण्डारीले दुई वर्ष अगाडि आफ्ना छोरा रौनक भण्डारीको नामबाट लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी खरिद गर्नुभएको थियो । उहाँले १० बर्षे अवधिको ६५ लाख बिमाङ्कको बीमा पोलिसी गरिद गरेको बताउनुभयो । तर, आर्थिक समस्याका कारण बीमा पोलिसी सरेण्डर गर्ने सोच बनाएको उहाँले बताउनुभयो । सरेण्डर लागि उहाँले कम्पनीसँग सुझाव पनि लिनुभएको छ । शुरुमा कम्पनीले सरेण्डरको लागि अनुमति दिए पनि हाल भने सरेण्डर गर्न नमानेको भण्डारीको गुनासो छ ।

भण्डारीले विगत दुई बर्ष नियमित रुपमा बिमाशुल्क भुक्तानी गर्दै आउनु भएको थियो । तर, हाल कोरोना महामारीका कारण बिमाशुल्क भुक्तानी गर्न नसकेको बताउनुभयो । पोलिसी खरिद गर्ने समयमा दुई बर्ष पछि सरेण्डर गर्न सकिने बताएको थिए । तर, अहिले कम्पनीले सरेण्डर गर्नबाट पन्छिएको उहाँले पीडा पोख्नुभयो ।

भण्डारीद्वारा समितिमा दिएको उजुरीमा कोरोनाका कारण व्यवसाय सञ्चालनमा समस्या र आम्दानी कम भएका कारण बीमा शुल्क तिर्न नसकेकाले बीमालेख बन्द गर्न लागिएको उल्लेख छ । यसअघि दुई पटक बीमा शुल्क तिरेको, तेस्रो पटक तिर्ने बेलामा आर्थिक अभावका कारण शुल्क तिर्न नसकेर बन्द गर्न बाध्य भएको उहाँको भनाई छ ।

भण्डारीले बिमा समितिमा दिएको उजुरीका अनुसार उहाँले कम्पनीलाई पटक पटक सरेण्डर गरिदिनु हुन अनुरोध गर्नुभएको थियो । तर, कम्पनीले भने बिमा समितिले नै सरेण्डर गर्न रोक लगाएको जवाफ दिएको उहाँले बताउनुभयो । तर, बीमा समितिले भने नयाँ बिमापोलिसीलाई मात्रै सरेण्डरका लागि रोक लगाएको जानकारी दिएको उहाँले बताउनुभयो । भण्डारीले बिमाशुल्क बापत दुई किस्तामा ६ लाख ६९ हजार ९५० रुपैयाँ कम्पनीलाई बुझाउनु भएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले भने बीमा पोलिसी लेखिएको कुरा नै मान्य हुने बताउनुभयो । यदि पोलिसीमा सरेण्डर गर्न पाउँने व्यवस्था छ भने कम्पनीले सरेण्डरको सुविधा दिनुपर्ने उहाँको भनाई छ । तर, लाईफ इन्स्योेरेन्स कम्पनीले भने यस बिषयमा केही बोल्न चाहेने ।

यस विषयमा जानकारी लिन एलआईसीका कम्पनी सचिव सुदर्शन गिरीलाई सम्पर्क गर्दा आफू बाहिर भएकोले जानकारी नभएको बताउनुभयो । कम्पनीको डेपुटी म्यानेजर तथा सूचना अधिकारी सिर्जना नेपाललाई पटक पटक सम्पर्क गर्दा पनि उहाँसँग सम्पर्क भने हुन सकेन ।


वि.सं.२०७८ साउन ७ बिहीवार १७:४८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...