back
NMB ad

राष्ट्रिय सहकारी बैंकको नाफा ४७.४१ % ले बढ्दा खराब कर्जा ९८.५७ प्रतिशतले बढ्यो

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्ष २०७७-०७८ को चौंथो त्रैमाससम्ममा सहकारी बैंकले १ अर्ब ६६ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा ४७.४१ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकको नाफा ६८ करोड २८ लाख ८१ हजार रुपैयाँ रहेको थियो ।

बैंकका अनुसार गत आवको असार मसान्तसम्म खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा देखिएको सुधारले नाफा बढाउन सहयोग गरेको छ ।

अघिल्लो आवको असार मसान्तमा १ अर्ब १० करोड ७९ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आवको सोही अवधिमा आईपुग्दा १ अर्ब ७४ करोड १८ लाख ३० हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि ४४ करोड ६६ लाख ३४ हजार रुपैयाँबाट बढेर ६६ करोड ५० लाख ६३ हजार रुपैयाँ पुगेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार असार मसान्तसम्म २ अर्ब ८७ करोड ३२ लाख ७१ हजार रुपैयाँ सेयर पुँजी रहेको छ भने जगेडा कोषमा १ अर्ब ५२ करोड ३ लाख २६ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको असार मसान्तसम्म १४ अर्ब ८६ करोड १ लाख १५ हजार रुपैयाँ कर्जा लगानी गरेको बैंकले गत आवको सोही अवधिसम्म आईपुग्दा १९ अर्ब ७६ करोड १ लाख १५ हजार रुपैयाँ लगानी गरेको छ ।

बैंकको नाफामा उल्लेख्य वृद्धि देखिएपनि खराब कर्जा भने निकै बढेको छ । अघिल्लो आवको असार मसान्तमा ०.७० प्रतिशत रहेको खराब कर्जा अहिले ९८.५७ प्रतिशतले बढेर १.३९ प्रतिशत पुगेको छ ।

वि.सं.२०७८ साउन ८ शुक्रवार ११:१३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...