back
NMB ad

बजेटको रिभ्यू र स्वेतपत्र निर्माण अन्तिम चरणमा, के छ सरकारको प्राथमिकतामा ?

Kumari bank ad

काठमाडौं । नयाँ सरकार बने लगत्तै स्वेपत्र जारी गर्ने अर्थ मन्त्री जनार्दन शर्माले घोषणा गर्नु भएको थियो । त्यसको काम अहिले करिब अन्तिम चरणमा पुगेको छ । सरकारले स्वेतपत्र ल्याउने भनेपछि मौद्रिक नीति ल्याउन पनि ढिलाई लागेको छ ।

अर्थ मन्त्रालयका अनुसार मौद्रिक नीति ल्याउनु भन्दा पहिला देशको अर्थतन्त्रको अवस्था कस्तो छ, र भविष्यमा कस्तो नीति अवलम्बन गर्नुपर्ने हो थाहा पाउनु पर्ने भएकोले अहिले बजेट रिभ्यूको काम भइरहेको छ । साथै सँगसँगै स्वेतपत्र पनि तयार भइरहेको छ । बजेट रिभ्यू नगरी मौद्रिक नीति सार्वजनिक गर्दा वित्तीय अवस्थामा अप्ठयारो हुने सरकारको ठहरसँगै बजेटको रिभ्यू र स्वेतपत्र तयार पार्ने काम सँगसँगै भइरहेको हो ।

अघिल्लो सरकारले बजेट ल्याएको र बजेट कार्यान्वयन गर्ने समय सुरु हुनु अगावै नयाँ सरकार बनेपछि अघिल्लो सरकारले कस्तो बजेट ल्याएको छ, त्यसले कोरोना महामारी न्यूनिकरणमा कस्तो भूमिका खेल्न, कोरोनाका कारण संकटमा रहेको अर्थतन्त्रलाई कसरी पुनरुत्थान गर्न सकिन्छ ? आत्मनिर्भर अर्थतन्त्र निर्माण र आयात घटाउन के गर्न सकिन्छ ? भनेर अध्ययन जारी रहेको अर्थ स्रोतको भनाई छ ।

मन्त्रालयका अनुसार अहिले यी विषयमा दैनिक २ घन्टा अर्थ मन्त्रालयमा मन्त्री शर्माले सबै महाशाखा, शाखा तथा विभागहरुसँग छलफल गरिरहनु भएको छ । आवश्यकता अनुसार अन्य मन्त्रालयसँग पनि चालु आवको बजेट, प्राथमिकताका क्षेत्र र कार्यान्वयनका सन्दर्भमा छलफल चलिरहेको छ । मौद्रिक नीति ल्याउन ढिलाइ भएको भन्दै सकेसम्म छिटो काम सक्नेगरी मन्त्रालय अघि बढेको बताइएको छ ।

सरकारले खोपलाई मुख्य प्राथमिकामा राखेर कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको असरलाई कम गरेर कसरी रिभाइ गर्ने, कस्ता राहत प्याकेज ल्याउन सकिन्छ ? उत्पादनमुखी अर्थतन्त्र कसरी बनाउन सकिन्छ ? आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन र निर्यातसम्म जानको लागि कसरी काम गर्न सकिन्छ भन्ने तर्फ ध्यान केन्द्रित गरेर काम भइरहेको बताइएको छ ।

अहिले नै निर्यातमा जान नसकिने भएपनि यो बेला केही न केही बाटो खोल्ने हो भने देशको अर्थतन्त्रलाई टेवा पुग्ने र सोही अनुसार नै बजेटको रिभ्यू भइरहेको बताइएको छ । मन्त्रालयका अनुसार अघिकतम चाँडै बजेट रिभ्यूको काम सक्ने र स्वेतपत्र जारी गर्दै मौद्रिक नीतिको लागि सहज बनाइने छ ।

मन्त्री शर्माले यसअघि पनि छिटै नै सरकारले राहत प्याकेजको कार्यक्रम ल्याउने घोषणा गरिसक्नुभएको छ । अहिले जनतालाई कोरोना विरुद्धको भ्याक्सिन र अर्थतन्त्रलाईराहत स्वरुपको भ्याक्सिन आवश्यक रहेको भन्दै कोरोनाको भ्याक्सिन र राहत भ्याक्सिन सँगै लैजान मन्त्री शर्माले जानकारी गराइसक्नुभएको छ ।

सरकारको स्थानीय र प्रदेशमा साना तथा ठूला उद्योग आवश्यक रहेको र विषेश आर्थिक क्षेत्र (सेज)मा लगानी बढाउने नीति बनेको बताइएको छ । सरकारको मुख्य योजना औद्योगिककरण तर्फ रहेको र सोही अनुसार काम भइरहेको बताइएको छ ।

वि.सं.२०७८ साउन ८ शुक्रवार १२:२३ मा प्रकाशित

You can share this post!

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...