back
NMB ad

४ देशबाट करिब ६६ करोडको विद्युतीय गाडि आयात, राज्यले कति पायो कर ?

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्ष २०७७-७८ मा ६५ करोड ७८ लाख ४३ हजार रुपैयाँको विद्युतीय कार, जीप तथा भ्यानको आयात भएको छ ।

भन्सार विभागका अनुसार असार मसान्तसम्ममा ४ वटा देशबाट ६५ करोड ७८ लाख ४३ हजार रुपैयाँको २४९ थान कार, जीप तथा भ्यान आयात भएको हो । उक्त साना विद्युतीय सवारी साधन आयात हुँदा राज्यले ३४ करोड २ लाख ९८ हजार रुपैयाँ राजस्व पाएको छ ।

विद्युतीय कार, जीप, भ्यान चीन, भारत, दक्षिण कोरिया र अमेरिकाबाट आयात भएको विभागले जनाएको छ । विभागका अनुसार असार मसान्तसम्म चीनबाट १४०, दक्षिण कोरियाबाट ७१, भारतबाट २५, अमेरिबाट १३ वटा गाडि आयात भएको छ ।

जेठ महिनामा पनि अमेरिकाबाट १३ वटा गाडि आयात भएको थियो । असार महिनामा भने अमेरिकाबाट यो महिना कुनै पनि गाडि आयात नभएको देखिएको छ ।

विभागका अनुसार भारतबाट १०० किलोवाटसम्मको ३ करोड ८७ लाख ८ हजार रुपैयाँको २५ थान गाडि आयात भएको छ । १०० किलोवाटसम्मको ८ करोड ६ लाख ६८ हजार रुपैयाँको ७६ वटा गाडि आयात भएको देखिएको छ ।

यस्तै चीनबाट १०० देखि १५० किलोवाटसम्मको ११ करोड १२ लाख ४४ हजारको ३८ वटा, १५० देखि २०० किलोवाटसम्मको २ करोड ३५ लाख ३५ हजार रुपैयाँको विद्युतीय गाडि आयात भएको छ ।

यस्तै दक्षिण कोरियाबाट १०० किलोवाटसम्मको ६ करोड ६१ लाख ८७ हजार रुपैयाँको १९ वटा, ५० देखि १०० किलोवाटसम्मको २ करोड ५० लाख ७६ हजारको ७ वटा र १५० देखि २०० किलोवाटसम्मको २० करोड ५८ लाख ६१ हजार रुपैयाँको ४५ वटा साना विद्युतीय सवारी साधान आयात भएको छ ।

विभागका अनुसार अमेरिकाबाट १०० देखि १५० किलोवाटसम्मको ५ करोड ५२ लाख २३ हजार १३ वटा साना विद्युतीय सवारी साधान आयात भएको छ ।

वि.सं.२०७८ साउन १० आइतवार १३:३५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...