back
NMB ad

घरेलु र कृषिमा ऊर्जाको उपभोग बढाउन विद्युत् दरमा समायोजन आवश्यक : ऊर्जामन्त्री भुसाल

Kumari bank ad

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले ऊर्जा क्षेत्रको विकासमा हुने ढिलासुस्ती कम गर्नेतर्फ आफ्नो ध्यान जाने बताउनुभएको छ ।

उहाँले सानो कामका लागि पनि धेरै समय अल्झिनुपर्ने अवस्थामा सुधार आउनुपर्ने बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो,‘हाम्रो कार्यशैली र विधिलाई कार्यसम्पादनमा राख्नुपर्छ ।’

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल(इपान)सँग मन्त्रालयमा आयोजित छलफलमा उहाँले समयको विलम्बलाई पनि अरु आर्थिक भ्रष्टाचार जस्तै रुपमा लिनुपर्ने बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, ‘गरे पनि हुने, नगरे पनि हुने अवस्था राम्रो होइन, हुँदैन भने सेवाग्राही पछि फर्कन्छ नि ! समयको विलम्ब पनि अरु आर्थिक भ्रष्टाचारभन्दा कम होइन ।’

उहाँले आचारसंहिता बनाएर काम गर्ने शैलीको विकास गरिने बताउनुभयो । ‘हामीले विधि वा आचारसंहिता केही बनाएर जानुपर्छ’ मन्त्री भुसालले भन्नुभयो ‘कतिपय प्राविधिक काम तीन दिनमा भ्याइन्न, त्यसको फरक तरिकाले टिओआर बनाउन सक्छौँ ।’ मन्त्री भुसालले निजी क्षेत्रले एउटा आयोजना बनाउनका लागि धेरै मन्त्रालय र विभागहरू धाउनुपर्ने अवस्थाको अन्त्य गर्न छिट्टै अन्तरमन्त्रालयबीच छलफल चलाउने विश्वास दिलाउनुभयो ।

उहाँले ऊर्जा र सिंचाइका कामलाई वस्तुगत र वैज्ञानिक बनाउने उल्लेख गर्नुभयो । ‘एउटै रुखका कारण वर्षौँसम्म काम रोएिको छ’ उहाँले भन्नुभयो ‘त्यसलाई छिटोछरितो ढङ्गमा काम गर्नुपर्छ । यसलाई वस्तुगत र वैज्ञानिक बनाउनुपर्छ ।’

निजी क्षेत्रका समस्या समाधानका लागि आफू सकारात्मक रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘म यहाँहरूको समस्या समाधानप्रति अधिकतम सकारात्मक हुन्छु । त्यसमा म प्रतिवद्ध छु, पहल पनि गर्छु ।’ उत्पादन र वितरणको ठूलो समस्या रहेको औंल्याउँदै उहाँले प्राधिकरणले करोडौँ क्षतिपूर्ति तिरीरहने र लगानीकर्ताले लगानीको ब्याजसम्म उठाउन नसक्ने समस्या आउन नहुने बताताउनुभयो ।

विद्युत् खपत बढाउनेतर्फ मन्त्रालयले गृहकार्य गरिहेको बताउँदै मन्त्री भुसालले उद्योग, यातायात, कृषिलगायत क्षेत्रबाट हामीले विद्युत् खपत सक्छौँ त्यसतर्फ सबै क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

मन्त्री भुसालले विद्युत्को पहुँच नपुगेका जनतामा विद्युत् पु¥याउन र खपत बढाउनका लागि आफूले विद्युत् महसुल घटाउने योजना ल्याउन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘घरेलु उपभोग र कृषिमा ऊर्जा उपभोग बढाउनका लागि पनि विद्युत् दरमा समायोजन आवश्यक छ ।’ पिपिए गर्ने तर प्रशारणलाइन बनाउन नसक्ने अवस्था उपयुक्त नभएको बताउँदै मन्त्री भुसालले भन्नुभयो, “प्रशारण संरचनाको निर्माण तीब्रताका साथ अघि बढाउनुपर्छ ।’

छलफलमा ऊर्जा सचिव देवेन्द्र कार्कीले मन्त्रालयले सबै निजी क्षेत्रलाई समान तवरले ब्याबहार गर्ने स्पष्ट गर्दै मन्त्रालयबाट भएका निर्णयहरूको कार्यान्वयन विशेष ध्यान दिने बताउनुभयो ।

इपानका अध्यक्ष कृष्ण आचार्यले ऊर्जामा निजी क्षेत्रले काम गर्नका लागि सात मन्त्रालय र २३ विभागमा पुग्नुपर्ने बाध्यता रहेको भन्दै एकद्वार नीतिमार्फत सेवा लिने व्यवस्था मिलाउन अनुरोध गर्नुभयो । कार्यक्रममा सहभागीले कोभिड-१९ पारेको असरका विषयमा मन्त्रालयबाट भएका निर्णयअनुसारको क्षतिपूर्ति पाउनुपर्ने माग गरेका थिए ।

वि.सं.२०७८ साउन १२ मंगलवार १५:२३ मा प्रकाशित

You can share this post!

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...