back
NMB ad

‘मेरो देश, मेरै उत्पादन’ दोस्रो चरणमा : आर्थिक र औद्योगिक विकासको प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास

Kumari bank ad

काठमाडौं । स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर वनाउदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्य लिई उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले प्रारम्भ गरेको मेरो देश, मेरै उत्पादनको अभियानको दोस्रो चरण आरम्भ भएको छ ।

दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामवहादुर मगर, सामाजिक विकास मन्त्री उषाकला राई र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई हस्तान्तरण गरी अभियानको आरम्भ गरेको हो ।

सोही अवसरमा मेरो पहिलो रोजाई स्वदेशी उत्पादन हो, म मेरो दैनिक आवश्यकता स्वदेशी उत्पादनबाटै पुरा गर्दछु, म आफना छिमेकी, साथी–भाई, ईष्ट–मित्र सबैलाई स्वदेशी उत्पादन प्रयोग गर्न प्रेरित गर्दछु, उच्च स्वाभिमान र गौरवका साथ म मेरो स्वदेशी उत्पादनको प्रवद्र्धनमा सधै लागिपर्नेछु भन्ने चार वुदे प्रतिवद्धता उल्लेख नेपाली कागजमा तयार गरिएको पेपर स्टेण्ड दुवै संस्थाका तर्फबाट प्रदान गरिएको छ ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई निमोनिक लोगो फ्रेम र चार वुदे प्रतिवद्धता उल्लेख नेपाली कागजमा बनेको पेपर स्टेण्ड प्रदान गरिएको थियो ।

दुवै संस्थाको तर्फबाट संयूक्त रुपमा प्रदान गरिएको निमोनिक लोगो र चार वुदे प्रतिवद्धता उल्लेख नेपाली कागजमा तयार गरिएको पेपर स्टेण्ड लिदै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले संगठन र संघले शुरु गरेको यस अभियानले राष्ट्रिय आर्थिक र औद्योगिक विकासको प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै यस अभियानको कार्यान्वयमा साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी प्रदेश नं १ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामवहादुर मगरले कृषिको सवलिकरणका साथै कृषि र उद्योग क्ष्ँेत्रको सन्तुलित विकासले समृद्ध राष्ट्र निर्माणमा सहयोग पु¥याउने भएकाले यस अभियानलाई अत्यन्त सकारात्मक रुपमा लिएको वताउनु भयो ।

प्रदेश नं. १ को सामाजिक विकास मन्त्री उषाकला राईले स्वदेशी उद्योगहरुको प्रोत्साहनका एवं स्वदेशी वस्तुको प्रयोगमा यस अभियानले सकारात्मक भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्नु भयो । सो अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेको पनि उपस्थिती रहेको थियो ।

उद्योग संगठन मोरङका अध्यक्ष्ँ सुयश प्याकुरेलले स्वदेशी उत्पादनको प्रवद्र्धन गरी राष्ट्रिय आर्थिक एवं औद्योगिक विकासमा टेवा पु¥याउने लक्ष्यका साथ उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले राष्ट्रव्यापी रुपमा २०७७ चैत्र १३ गते तत्कालिन प्रधानमन्त्री के.पि.शर्मा ओलीबाट ‘मेरो देश, मेरै उत्पादन’ प्रारम्भ गरिएको अभियानलाई जनस्तरसम्म पु¥याउन दोश्रो चरणमा प्रारम्भ गरिएको बताउनभुयो । उहाँले दैनिक जीवनमा प्रयोग हुने वस्तुमा स्वदेशी उत्पादनलाई नै प्रयोगमा ल्याउन अनुरोध गर्नुभयो । साथै आत्मनिर्भर अर्थतन्त्र निर्माण र वढ्दो व्यापार घाटालाई न्यूनिकरण गर्न सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै, मोरङ व्यापार संघका अध्यक्ष्ँ प्रकाश मुन्दडाले स्वदेशी उद्योगहरुको संरक्ष्ँण एवं प्रवद्र्धनका लागि सरकारले सार्वजनिक खरिद ऐनमा समेत स्वदेशी वस्तु खरिदलाई प्राथमिकता दिई सोही अनुरुपको व्यवस्था गर्न आग्रह गर्नुभयो। उहाँले व्यापार घाटालाई न्यूनिकरण गरी सन्तुलनमा ल्याउनका साथै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने उद्देश्यले प्रारम्भ गरिएको यस अभियानलाई प्रदेश सरकारले आफनै अभियानको रुपमा लिनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

निमोनिक लोगो र चार वुदे प्रतिवद्धता उल्लेख नेपाली कागजमा तयार गरिएको पेपर स्टेण्ड प्रदेश नं. १ का प्रमुख सचिव सुमनराज अर्याल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव निरु दाहाल पाण्डे, सामाजिक विकास मन्त्रालयका सचिव कमल प्रसाद भट्टराईलाई पनि हस्तान्तरण गरिएको थियो ।

वि.सं.२०७८ साउन १३ बुधवार १७:५७ मा प्रकाशित

You can share this post!

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:३१

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:२५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा भारी गिरावट...