back
NMB ad

नेपाली बजार चिनियाँ स्याउको कब्जामा, स्थानीय उत्पादनले बजार नपाउँदा ७ अर्ब बढीको आयात

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्ष २०७७-७८ मा नेपालमा विभिन्न ५ देशबाट ७ अर्ब रुपैयाँ बढीका स्याउ आयात भएको छ ।

भन्सार विभागका अनुसार गत आवमा नेपालमा ७ अर्ब ५ करोड ३७ लाख ३८ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ ।
विभागका अनुसार नेपालमा चीन, भारत, अमेरिका, इन्डोनेसिया र टर्कीबाट ताजा स्याउ आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा ८९ हजार ५८ टन ताजा स्याउ नेपाल भित्रिएको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवको सोही अवधिमा नेपालमा ५३.०३ प्रतिशत बढी स्याउ आयात भएको छ । अघिल्लो आवमा छिमेकी दुई मुलुकसहित तीन देशबाट ४ अर्ब ६० करोड ८४ लाख २९ हजार रुपैयाँ बराबरको ६५ हजार २५० टन स्याउ आयात भएको विभागले जनाएको छ ।

विभागका अनुसार गत आवमा सबैभन्दा बढी चीनबाट ५ अर्ब ८२ करोड ३९ लाख ९२ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ । चीनबाट ७० हजार ७९९ टन स्याउ नेपाल आयात भएको हो । धेरै स्याउ आयात हुनेमा चीनपछि भारत रहेको छ । भारतबाट नेपालमा १ अर्ब २१ करोड ६५ लाख ९८ हजार रुपैयाँ बराबरको १८ हजार १८८ टन बढी स्याउ आयात भएको छ ।

यस्तै, गत आवमा अमेरिकाबाट १ करोड २१ लाख ४७ हजार रुपैयाँ बराबरको ५८ टन, टर्कीबाट १७ लाख ७८ हजार रुपैयाँ बराबरको ९ हजार ९ सय केजी र इन्डोनेशियाबाट १ लाख २३ हजार रुपैयाँ बराबरको १ हजार ८४८ केजी ताज स्याउ आयात भएको भएको विभागले जनाएको छ ।

नेपालमा नै उत्पादन भएको स्याउ ढुवानी र बजार सुनिश्चित हुन नसक्दा आयात बढेको छ । नेपाली अर्गानिक स्याउको ब्राण्डिङको अभावमा विदेशी स्याउ आयात बढेको जानकारकाहरुको भनाई छ । नेपालमा उत्पादन हुने गरेको स्याउनको राम्रो ग्रेडिङ हुन नसक्नु र ढुवानीमा हुने कठिनाइका कारण पनि नेपाली उत्पादनले बजार नपाउने, किसानको लगानी नउठ्ने तर आयात भने प्रशस्त हुने गरेको छ ।

नेपालमै उत्पादित स्याउको बजार व्यवस्थापनमा ध्यान दिन सकेमा स्वदेशमै रोजगारी सृजना, आयआर्जन वृद्धि र आयात प्रतिस्थापन गर्न सकिने जानकारहरुको भनाई छ । यसले अर्थतन्त्रमा समेत धेरै ठेवा पुग्ने देखिन्छ । नेपाली उत्पादनलाई पूर्ण प्रयोगमा ल्याउन नसक्दा स्याउ आयातकै नाममा नेपालबाट वर्षे नी अर्बौ रकम विदेशीने गरेको छ । नेपालमा मुस्ताङ, जुम्ला लगायतका जिल्लामा स्याउ उत्पादन हुने गरेको छ ।

वि.सं.२०७८ साउन १५ शुक्रवार १६:२२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...