back
NMB ad

किन्ने होइन त नेशनल माइक्रोफाइनान्स लघुवित्तको ६५ हजार ७६० कित्ता सेयर ?

Kumari bank ad

काठमाडौं । आजदेखि नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा बिक्री खुला भएको छ ।कम्पनीको ६५ हजार ७६० कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा ल्याएको हो ।

उक्त सेयरको न्युनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक जो केही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले साउन ३१ गतेभित्र आवेदन दिन सक्नेछन् ।

आवेदन बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ, टेकु काठमाडौंमा आईपुग्ने गरि आफूले खरिद गर्न चाहेको कित्ता र दर रेट उल्लेख गरि पेश गर्नु पर्नेछ ।

उक्त सेयर खरिदका लागि बोलकबोल तोकिएको न्युनतम मूल्य भन्दा बढी मूल्य अंकित गरि न्युनतम १ सय कित्ताका लागि र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

बिक्री प्रबन्धकमा आरिविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

वि.सं.२०७८ साउन १७ आइतवार १०:३३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...