काठमाडौं । सरकारले अर्थ सचिवको जिम्मेवारी मधु कुमार मरासिनीलाई दिएको छ ।
यसअघि महालेखा नियन्त्रक कार्यालयमा रहेका मरासिनीलाई सरकारले अर्थ सविचको जिम्मेवारी दिएको हो । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो ।
बैठकले अहिलेका अर्थ सचिव शिशिर कुमार ढुंगाना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गर्ने निर्णय गरेको छ ।
वि.सं.२०७८ साउन १७ आइतवार १२:३४ मा प्रकाशित