back
NMB ad

नेपाली बजारमा भित्रियो बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर

Kumari bank ad

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी अटोमोबाइल्स प्रालिले बीएस६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा भित्र्याएको छ ।

कोरोना महामारीका काराण जारी निषेधाज्ञाकै समयमा नेपाल प्रवेश गरेको उक्त स्कुटर सुजुकीको बहुप्रतीक्षित स्कुटर हो । यो भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटर मध्येमा पर्दछ ।

सुजकी एक्सेस स्कुटर विगतमा नेपालमा पनि धेरै मध्यम वर्गका बीच र व्यावसायिक प्रयोजनमा निकै रुचाइएको स्कुटरमा पर्छ ।

एक्सेस स्कुटरमा आगाडी ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट तथा आरादायी यात्रा हुनुका साथै यसमा अगाडिको भागमा स्टिलको कभर समेत रहेको छ ।

यो दैनिक प्रयोजनका लागि निकै नै उपयोगी रहेको छ भने यसको मर्मत खर्च पनि अरु भन्दा कम आउने उपभोक्ताहरुको बुझाई छ ।

हाल नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग गरिएको छ । नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात बीएस६ प्रविधि जडान गरिएको छ भने एफआई प्रविधि समेत रहेको हुँदा उत्कृष्ट माइलेज आउने आकलन गर्न सकिन्छ ।

२ भल्वयुक्त इन्जिन प्रयोग भएको स्कुटरमा इन्जिनले ६७५० आरपीएममा ८.७पीएस पावर र ५५०० आरपीएममा १० एनएमटर्क जेनेरेट गर्छ ।

एलईडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने सुबिधाले यसको सजावटमा समेत आकर्षण थपेको छ । एस मा सुजुकी स्टार्ट सिस्टम प्रयोग गरिएको छ ।

किक स्टार्ट दुबै व्यवस्था रहेको सो स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ भने मोबाइल चार्जिङ प्वाइन्ट समेत जडान गरिएको छ । दुबै चक्कामा अलोयह्विल प्रयोग गरिएको उक्त स्कुटरको जम्मा तौल १०३ किलोग्राम रहेको छ ।

१६० एमएमको ग्राउण्ड क्लिर्यान्स भएको हुँदा, यो सेग्मेन्ट मै उत्कृष्ट प्रोडोक्ट गनिन्छ । पूर्ण डिजिटल मिटरको साथमाक्लासिक स्टाईल, ईन्जिन डाइग्नोसिस, ब्याट्री डाइग्नोसिससहित ट्रिप मिटर तीन कलरमा उपलब्ध छन् ।

सेतो, निलो, खैरो र कालो गरी चार रङमाउपलब्ध सुजुकी एक्सेस स्कुटरमा बढि रुकचाइएको रङ भने निलो मानिएको छ ।

वि.सं.२०७८ साउन १७ आइतवार १८:०१ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...