back
NMB ad

कर नतिर्ने २० मध्ये ५ ठूला करदाताले तिरे डेढ करोड, बाँकीलाई कानुनी कारबाही गर्ने तयारी

Kumari bank ad

काठमाडौं । काठमाडौँ महानगरको राजस्व विभागले घरजग्गा÷सम्पत्ति कर नतिर्ने सूचीमा राखेर नाम सार्वजनिक गरेका करदातामध्ये अधिकांश सम्पर्कमा आएका छन् ।

सम्पर्कमा आउनेमध्ये केहीले पहिलो किस्तास्वरुप केही रकम बुझाएका छन्, केहीले विवरण पेश गरेका छन् । केहीले विवरण पेश गर्ने समय माग गरेको महानगरले जानकारी गराएको छ ।

पहिलो चरणमा महानगरले कर नतिर्ने २० वटा करदाताको नाम सार्वजनिक गरेको थियो । सम्पर्कमा आएकामध्ये ४ वटा व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा १ करोड ५३ लाख रुपैयाँ राजस्व बुझाएका हुन् ।

कर बुझाउनेमध्ये सबैभन्दा धेरै युनाइटेड विल्डर्र्स एण्ड इञ्जिनियरिङ् (बल्र्ड टे«ड सेन्टर) ले १ करोड रुपैयाँ बुझाएको छ । यससँगै बिल्डर्सका प्रबन्ध निर्देशक सन्दीप हिराचनले आउँदो २० दिनभित्र सम्पत्तिको मुल्याङ्कन गरेर तिर्नुपर्ने कर दाखिला गर्ने गरी राजस्व विभागमा निवेदन दिनुभएको छ ।

नेशनल हस्पिटलले २४ लाख रुपैयाँ, १४ वडाको सहिद मेमोरियल हस्पिटलले १९ लाख २० हजार रुपैयाँ दाखिला गरेका छन् । यी अस्पतालहरुले नाम सार्वजनिक हुनु अगाडि नै विभागमा सम्पर्क गरेर कर तिर्ने प्रतिवद्धता जनाएका थिए । यी अस्पतालको नाम सार्वजनिक सूचनामा उल्लेख गरिएको थिएन ।

नाम सार्वजनिक भएपछि वडा ११ को एनआरटी क्लवले १० लाख रुपैयाँ दाखिला गरेर बाँकी रकम तिर्ने प्रतिवद्धता जनाएको छ ।
वडा ३० को स्टार मलले सम्पत्तिको विवरण पेश गरेको छ भने वडा १३ को काठमाडौँ इञ्जिनियरिङ् कलेजले १० दिनभित्र विवरण पेश गर्ने समय माग गरेको छ ।

महानगरले पहिलो चरणमा असार १६ गते सम्पत्ति कर नबुझाउने ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । ३० दिनभित्र सम्पर्क गर्न आउन आग्रह गर्दै सूचना सार्वजनिक भएको अन्तिम सातासम्म पनि करदाताहरुले सम्पर्क नगरेपछि अन्तिममा करदाताको कार्यस्थलमा गएर ‘सम्पर्कमा नआए शिलबन्दी गर्ने’ सूचनासहित माइकिङ् गरेको थियो ।

सम्पर्कमा आउनेहरुले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको हो । सम्पर्कमा नआउनेहरुलाई विभागले कडाइका साथ कानुनी कारवाही अगाडि बढाउने जनाएको छ ।

विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार सम्पर्कमा आउनेहरुमध्ये सबैसँग छलफल गर्न नपाएपछि केहीलाई सोमबार बोलाइएको छ । सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउँने उहाँको भनाई छ । विभागले करीव ७० करोड रुपैयाँ बढी राजस्व प्राप्त गर्ने अनुमान गरेको छ ।

राजस्व अधिकृत प्रदीप कोइरालाकाअनुसार आज सम्पर्कमा आएकाबाहेक वडा १२ का बागमती च्याम्बर र बुद्धबारी कम्प्लेक्स, वडा १३ को नेपाल रेडक्रस सोसाइटीले अहिलेसम्म कहिल्यै सम्पत्ति तथा घरजग्गा सम्बन्धी विवरण नै बुझाएका छैनन् ।

घरजग्गा सम्बन्धि विवरण नबुझाउने अन्य ठूला करदातामा वडा १४ का आदर कम्प्लेक्स, कृषि सामाग्री संस्थान र एल. आर. आइ स्कूल, वडा १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा ४ का देवेन्द्र श्रेष्ठ छन् । यसैगरी वडा २२ को आरबी कम्प्लेक्स, वडा २४ को सुरज आर्केट, वडा २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा २८ का काठमाडौँ प्लाजा र नेपाल शेयर मार्केट र वडा ३० का गोपालजी प्रपर्टिज प्रा. लि. हुन् ।

वि.सं.२०७८ साउन १८ सोमवार १२:३० मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...