back
NMB ad

यी हुन् सरकारले पुस-माघसम्म ३ करोड २३ लाख कोरोना खोप ल्याउने देश, कहाँबाट कति ?

Kumari bank ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पुस-माघसम्म नेपालमा ३ करोड २३ लाख डोज खोप आईसक्ने दाबी गर्नु भएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो दाबी गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा उहाँले चीनले अनुदान स्वरुप दिएको १६ लाख डोज खोप र जापानले दिएको १६ लाख डोज खोप दुई साताभित्र आउने जानकारी गराउनुभयो । भुटानले स्वतस्फुर्त रुपमा दिएको ३ लाख डोज खोप केही समयमा नै आउने उहाँको भनाई छ । खोपको प्रयोग अवधि थोरै समयको लागि मात्रै भएका कारण खेर नजाओस भनेर भुटानले नेपाललाई दिन लागेको उहाँको भनाई छ ।

उहाँले खोप आयात, भण्डारण र सहज ढङ्गले वितरण गरी नेपाली नागरिकको जीवन रक्षा गर्ने गहन जिम्मेवारीलाई राष्ट्रिय अभियानको रूपमा अगाडि बढाईरहेको जानकारी गराउँनु भएको छ । आइतबारसम्म ६२ लाख १७ हजार ९ सय ९२ मात्रा खोप लगाइसकिएको र असोज महिनाको अन्त्यसम्म २ करोड डोज खोप आपूर्ति हुने सुनिश्चित भइसकेको मन्त्री श्रेष्ठले जानकारी गराउनुभयो ।

कोभ्याक्स सुविधाअन्तर्गत १ करोड १३ लाख, कोभ्याक्सको लागत सहभागितामा १ करोड ५० लाख (जसमध्ये ४० लाखको भुक्तानी भैसकेको र १ करोड १० लाखको भुक्तानी प्रक्रियामा रहेको) र बालबालिका लक्षित फाइजर कम्पनीबाट ६० लाख खोप गरी ३ करोड २३ लाख डोज खोप खरिद प्रक्रियामा रहेको उहाँको भनाई छ । जम्मा ५ करोड २३ लाख खोप प्राप्त हुने अवस्था रहेको जानकारी गराउनुभयो ।

यद्यपि, पछिल्लो समय बढ्दो सङ्क्रमण र संभावित तेस्रो लहर हाम्रा अगाडि चुनौतीको रूपमा देखा परेको छ । मन्त्री श्रेष्ठले उक्त चुनौतीसँग सामना गर्न जनस्वास्थ्य मापदण्डको प्रभावकारी पालना गरी आफू, परिवार र समुदायलाई जोगाउन हरेक नागरिकले निष्ठापूर्वक योगदान गर्न सम्पूर्ण नेपाली नागरिकलाई अपिल गर्नुभएको छ ।

आर्थिक गतिविधिका दृष्टिले महत्वपूर्ण र बढी आवागमन हुने र जनसांख्यिक चाप रहेका प्रमुख शहरी केन्द्रहरू काठमाडौँ उपत्यका, बुटवल–भैरहवा, पोखरा, वीरगञ्ज, विराटनगर, धनगढी, नेपालगञ्ज, सुर्खेत, जनकपुर, दमक लगायतका सहरमा प्रदेश तथा स्थानीय सरकारसंग समेत परामर्श र समन्वय गरी खोप केन्द्र थप गरी अझै सुलभ, व्यवस्थित र सरल ढंगले खोप वितरण गरिने उहाँको भनाई छ ।

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि वयस्क तथा किशोर–किशोरी समेतलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोनसोन एण्ड जोनसोन खोप ५० लाख, फाइजर ४० लाख र अस्ट्राजेनिका २० लाख गरी कुल १ करोड ५० लाख मात्रा खरिद प्रक्रिया शुरू भइसकेको जानकारी गराउनुभयो ।

कोभिड-१९ विरुद्धको खोप नेपालमै व्यावसायिक उत्पादनका सम्भावनामाथि पनि अध्ययन अघि बढेको उहाँको तर्क छ । खोप खरिदका लागि सरकार र एसियाली विकास बैंकका बीचमा १६५ मिलियन अमेरिकी डलरको ऋण सहायताको स्वीकृतिको चरणमा रहेको जानकारी गराउनुभयो ।

वि.सं.२०७८ साउन १८ सोमवार १४:४५ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...