काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बैंकिङ्ग कसूर मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ । सीआईबीले बाँके जिल्ला नेपाल उपमहानगरपालिका–१ का ६५ वर्षिय बिनोद कुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठ उच्च अदालत तुलसीपुरलले बैंकिङ कसूर मुद्दामा कसूरदार ठहर भई फरारा रहेको थिए । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी चेक काटेर दिएका थिए । उनलाई सोमबार काडाँघारी भक्तपुरबाट पक्राउ गरेको हो ।
श्रेष्ठलाई बैंकिङ कसूर तथा सजाय एने २०६४ बमोजिम एक हप्ता कैद र २३ लाख ५० हजार रुपैयाँ जरिवाना हुने प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ साउन १८ सोमवार १७:५९ मा प्रकाशित