back
NMB ad

‘जाँतोले छोपेको’ विश्वकै नमुना स्टोन गेम …

Kumari bank ad

हरिशरण न्यौपाने

कास्की । पर्यटकीय गाउँ कास्कीको सल्यानमा विश्वकै नमुना स्टोन गेमको सुभारम्भ गरिएको छ । नेपाली जाँतोले छोपेर राखिएका विभिन्न पाँच स्थानका स्टोन गेमले सल्यानको ऐतिहासिक पृष्ठभूमिलाई उजागर गराउनेछ ।

फ्रान्सेली नागरिक लरेञ्जले आविस्कार गरेको उक्त गेम अर्थात् खेलमा पाँचवटा जाँतोले त्यहाँको इतिहाँसलाई छोपेर राखिएको छ । पाँचैवटा खण्डको जाँतो घुमाएपछि त्यहाँको ऐतिहासिक विषय पूरा हुने र यसले स्वदेशी तथा विदेशी पर्यटकलाई अझै बढि अचम्मित पार्ने विश्वास लिईएको छ । सल्यानमा पर्यटनको प्रबद्र्धनका लागि फ्रान्सेली नागरिक जोन पेयर, खुम्बिला संरक्षण प्रतिष्ठान लगायतको महत्वपूर्ण भूमिका रहेको छ ।

जाट–नेपालद्धारा कास्कीको सल्यानलाई पर्यटकीय गाउँ घोषणा गर्ने तयारी

पर्यटन पत्रकार संघ जाट–नेपालले कास्कीको सल्यान गाउँलाई पर्यटकीय गाउँ घोषणा गर्ने गरि त्रिपक्षिय सम्झौता गरेको छ । कास्कीको अध्ययन भ्रमणमा रहेको जाट नेपालको एक समूहसँग सल्यान पर्यटन समिति, कास्की र एटलान्टे माउन्टेनेरियरिङ एण्ड ट्रेकिङ प्रा. लि., काठमाडौले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । जाट–नेपालका अध्यक्ष देवीप्रसाद पन्त, कास्की पर्यटन समितिका अध्यक्ष बलबहादुर केसी र एटलान्टे माउन्टेनेरियरिङ एण्ड ट्रेकिङ प्रा. लि. एवं खुम्बिला संरक्षण प्रतिष्ठानका अध्यक्ष जिम्बाजङबु शेर्पाले उक्त एक वर्षे सम्झौतापत्रमा हस्ताक्षर गर्दै कास्कीको सल्यान गाउँलाई पर्यटकीय गाउँ घोषणासँगै आवश्यक प्रचारप्रसार र प्रबद्र्धनमा सहकार्यका साथ अगाडि बढ्ने सम्झौता गरिएको छ ।

नेकपा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापा र त्यसै क्षेत्रका साँसद सिता गिरीको उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

सम्झौताअनुसार जाट–नेपालले सिफारिस गरेका पत्रकारहरुलाई समिति र एटलान्टेले त्यस स्थानसम्म पुर्याएर आवश्यक सूचनाका साथै अन्य व्यवस्थापन गर्नेछ । सम्झौतामा स्थलगत अवलोकनमा पुग्ने पत्रकारले आफुले देखेका सामाग्रीहरुलाई प्रचारप्रसारमा लैजानेछन् ।

कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गर्दै एमाले पर्यटन विभाग प्रमुख थापाले त्यहाँका होमस्टेहरुलाई सरकारको कानुनी दायराभित्र ल्याउन आग्रह गर्दै आवश्यक व्यवस्थापन गर्न सुझाए । उनले सरकारी दायराभित्र आउने होमस्टेहरुलाई आर्थिक एवं प्रबिधिक सहयोग पुर्याउन आफु लागिपर्ने बताए । यसका लागि स्थानीयको सक्रियता आवश्यक भएको उनको भनाई थियो । साथै गाउँमा आउने पर्यटकलाई स्थानीय परिकार र स्थानीय आतिथ्य र स्वाद पस्कन सुझाव दिए ।

कार्यक्रममा साँसद गिरीले स्थानीयको उत्साहसँगै पर्यटनको विकास गर्नु आफ्नो कर्तव्य भएको बताईन् । सल्यानको पर्यटनको विकासमा पूर्बाधार नभएर कठिनाई उत्पन्न भईरहेको भए त्यस कठिनाई मेटाउन आफु लागिपर्ने बताईन् ।

कार्यक्रममा जाट–नेपालका अध्यक्ष देवीप्रसाद पन्तले संघको घोषित नीतिअनुरुप देशका एक गाउँलाई पर्यटकीय गाउँ घोषणा गर्ने योजनाअनुरुप सम्झौता सम्पन्न भएको बताए । संघले सल्यान गाउँलाई उत्कृष्ट पर्यटकीय गाउँकोरुपमा लिएको भन्दै एक वर्षे सम्झौतापत्रमा भएको हस्ताक्षर अनुरुप छिट्टै सल्यानलाई पर्यटकीय गाउँ घोषणा गर्ने जानकारी दिए ।

त्यस्तै एटलान्टे माउन्टेनेरियरिङ एण्ड ट्रेकिङ प्रा. लिका अध्यक्ष जिम्बाजङ्बु शेर्पाले पर्यटन पत्रकारहरु र स्थानीयसँगको सहकार्यका साथ पर्यटकीय गाउँको प्रचारप्रसार र प्रबद्र्धनमा आफुले सक्दो सहयोग पुर्याउने प्रतिबद्धता जनाए । सल्यान पर्यटन समितिका अध्यक्ष बलबहादुर केसीले सल्यान गाउँलाई देशकै नमुना गाउँ बनाउने उद्घोषका साथ त्यँहा पुगेका पत्रकारहरुलाई स्वागत गर्दै स्थानीयपनको झल्को दिने पर्यटकीय गतिबिधि अगाडि बढाईने प्रतिबद्धता जनाए ।

अध्ययन भ्रमणमा सूचना तथा संचार क्लबका अध्यक्ष कृष्णानन्द भट्ट, सरकारी र नीजि संचारमाध्यममा कार्यरत पत्रकारहरु, फ्रान्सेली नागरिक लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।

१२ बैशाख २०७३

वि.सं.२०७३ वैशाख १२ आइतवार १९:४१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...