back
NMB ad

संधै नम्बर १ धनी बन्न बील गेट्सका नौ सुत्र

Kumari bank ad

बील गेट्स, सन् १९८७ देखि फोब्र्स म्यागजिनले अर्बपतिको रुपमा राखेपछि उनी चर्चामा आएका थिए । त्यतिबेला ४०० अमेरिकी धनीहरु मध्ये पर्न सफल भएका गेट्स त्यसपछि लगातार धनीहरुको सूचिमा पर्न सफल भए । सन् २०११ म पाँचौ धनीमा पर्न सफल भएका बील गेट्स २०१२ मा चौथो नम्बरमा थिए । त्यसपछि उनी लगातार पहिलो नम्बरमा अडिएर बसेका छन् । धेरैको जीवनमा सकारात्मक प्रभाव पार्न सफल गेट्सले जीवनमा सफलता प्राप्त गर्न केही सूत्रहरु दिएका छन् ।

दुनियाँलाई बदलनुहोस् या त घरमै बस्नुहोस्
यदि तपाईसँग केही गर्ने इच्छा छ या त कुनै उद्देश्य, कुनै व्यापार, कुनै उपाय, कुनै चाहना छ ? यदि यी सबै छैन भने घरमै बस्नुहोस् । यदि जवाफ छ भन्नुहुन्छ भने आफ्नो योग्यतालाई हेर्नुहोस् र आफ्नो काममा जुट्नुहोस् ।

आफ्नो बाटो आफै बनाउनुहोस्
आज जुनसुकै पनि बाटो छ, त्यो पहिलेदेखि सधैं त्यही थिएनन् । कोही न कोहीले त्यो बाटो बनाउनु परेको थियो । नयाँ बाटो बनाउने कोसिसमा हुनसक्छ मानिसहरु तपाईलाई सनकी भनुन्, तर तपाई नडगमगाउनुहोस् । जब मैले हरेक टेबल र हरेक घरमा कम्युटर हुने कुरा गरेको थिएँ तब कसैले पनि यो कुराको कल्पनासम्म गरेका थिएनन् । मलाई पूरा विश्वास थियो कि कम्युटरले हामी सबैको जिन्दगी बदलिदिन्छ ।

आफ्नो नियममा अडेर रहनुहोस्
कहिल्यै पनि आफ्नो नियमबाट नडगमगाउनुहोस् । याद राख्नुहोस्, सबै जना केवल पैसाको लागि मात्र काम गर्दैनन्, मेरो साथमा जति पनि मानिसहरुले काम सुरु गरेका थिए, उनीहरु सबैले जानेका थिए कि उनीहरु धन कमाउनका लागि हैन, मानिसहरुको जिन्दगी अझ राम्रो र सुदृढ बनाउनका लागि काम गरिरहेका छन् । हामी सूचनाप्रविधिको मद्दतबाट मानिसहरुको दैनिकी सजिलो बनाउन चाहन्थ्यौं । र हामीले त्यो गरेर देखायौं । यो काम धन कमाउनुभन्दा ज्यादा महत्वपूर्ण छ । तिनीहरुको सधै मद्दत गर्नुहोस् जो संशाधबाट वञ्चित छन् ।

सधैं अगाडिको कुरा सोच्नुहोस्
दुनियाँ एकदमै छिटो छिटो बदलिरहेको छ । यदि तपाई अगाडिको बारेमा सोच्न सक्नुहुन्न भने तपाई पछि पर्नुहुनेछ । तपाईलाई सम्हालिने समय पनि मिल्दैन । तपाईलाई खेलामा अगाडि आउनका लागि र यहाँसम्मको खेलामा रहीरहनका लागि पनि अगाडिको बारेमा सोच्नुृ पर्छ । यसका लागि अत्यन्त मेहेनतका साथ लगानीको पनि आवश्यकता छ । बजारको आवश्यकता के के छ भन्ने कुरा जान्नु अत्यन्त आवश्यक छ ।

काममा सही मान्छेको साथ रोज्नुहोस्
कुनै पनि प्रतिभाले र कामले तब मात्र राम्रो नतिजा दिनसक्छ जब सही नतिजा दिन सकिन्छ । सही नतिजा दिनका लागि तपाईलाई साथ दिने व्यक्तिहरु पनि सही हुनुपर्छ । यदि तपाईमा क्षमता छ, विचार छ तर तपाईले सही सहकर्मी पाउनु भएन भने भने तपाईको कामले सोचे जस्तो परिणाम ल्याउन सक्दैन । उच्च लक्ष्यलाई लिएर सर्वश्रेष्ठ तरिकाले काम गर्न सक्ने व्यक्तिहरुको साथले नै सफलता पाइन्छ । यदि मसँग पॉल एलेन एवं स्टीव बाल्मेर जस्ता प्रतिभाशाली साथीहरु हुन्थेनन् भने म अझै पनि कुनै कुनामा थन्किरहेको हुन्थें ।

सिस्टम बनाउनुहोस्
कुनै पनि काम गर्नका लागि एउटा सिस्टम हुनु जरुरी छ, जसले गर्दा सबै कामहरु सजिलो होउन् । यो सिस्टम सानो या ठूलो जस्तो पनि हुन सक्छ । जरुरी छैन कि तपाई नै कुनै सिस्टम बनाउनुहोस्, अरुले चलाइरहेको राम्रो सिस्टमको देखासिकी गर्दा पनि हुन्छ । तर सिस्टमलाई अपनाइसकेपछि त्यसलाई बिर्सने गर्नुहुन्न, नत्र त्यहीबाट बेफाइदाको सिर्जना पनि हुनसक्छ ।

समस्यालाई हेर्नुहोस् र सानो सानो रुपमा हल निकाल्नुहोस्
कुनै पनि समस्यालाई हल गर्नका लागि त्यसलाई मिहिन तरिकाले केलाउन जरुरी हुन्छ । कुनै कुनै समस्या एकै पलमा हराउन नसक्ने खालको हुनसक्छ, यस्तोमा त्यसलाई सानो सानो रुपमा बाँडेर हल निकाल्न सकिन्छ । यो तरिकाबाट ठूलोभन्दा ठूलो या त तात्कालीन समस्याहरुबाट पनि पार पाउन सकिन्छ ।

आफ्नो असफलतालाई बिर्सने काम नगर्नुहोस्
आफ्नो हरेक सफलताको उत्सव मनाउनुहोस्, जसले गर्दा तपाईलाई आफ्नो सफलताहरुमाथि गर्व होस् तर कुनै पनि अवस्थामा आफ्नो असफलता एवं हारहरुलाई बिर्सने काम नगर्नुहोस् । आफ्नो असफलताबाट पाठ सिक्नुहोस् र त्यसलाई दोहो¥याउने गल्ती नगर्नुहोस् ।

संतोष र धनलाई तुलना नगर्नुहोस्
क्याम्पस पढेर सक्नासाथ तपाईले पैसा कमाउन सक्नुभएन, केही छैन । तपाईले जति कमाउनु पर्ने थियो त्यति कमाउनु भएन, केही छैन । के तपाईले आफ्नो कामका लागि कडा मेहेनत गर्नुभयो ? के तपाईलाई त्यो मेहेनतमा सन्तोष प्राप्त भयो ? तपाईलाई आफूमा सन्तोष छ भने तपाईले कति कमाउनुभयो भन्ने कुरा अरुले चर्चा गरेर केही फरक पर्दैन । यदि तपाईलाई सन्तोष छैन भने तपाईले जति धन कमाए पनि, तपाई जति चर्चामा रहे पनि त्यसको कुनै अर्थ हुँदैन ।

एजेन्सीको सहयोगमा, १६ बैशाख २०७३, ५।३०

वि.सं.२०७३ वैशाख १६ बिहीवार १७:५७ मा प्रकाशित

You can share this post!

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:१२

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...