back
NMB ad

यी हुन् पुनःनिर्माण अनुदानको रकम वितरण गर्ने बैंक

Kumari bank ad

 काठमाडौँ, १७ वैशाख । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान सम्झौता भएका आठ जिल्लाका आठवटा गाविसमा अनुदानको रकम वितरण गर्न बैंक तोकेको छ ।

गोरखाको हंसपुर, रामेछापको ओख्रेनी, सिन्धुलीको झाँगाझोली, नुवाकोटको खरानीटार र ओखलढुङ्गाको रुम्जाटार गाविसका लागि राष्ट्रिय वाणिज्य बैंक, धादिङको मार्पाक गाविसका लागि राष्ट्रिय वाणिज्य बैंक वा कृषि विकास बैंक, काभ्रेपलाञ्चोकको रविओपी गाविसका लागि नेपाल बैंक लिमिटेड वा राष्ट्रिय वाणिज्य बैंक तथा रसुवाको ब्रिदिम गाविसका लागि नेपाल बैंक लिमिटेडबाट अनुदानको किस्ता पाउने गरी तोकिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

तोकिएका बैंकबाट पहिलो, दोस्रो र तेस्रो किस्ता दिने व्यवस्था मिलाउन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय कार्यान्वयन एकाइलाई अनुरोध गरिएको छ । प्राधिकरणले तोकिएका बैंक र सम्बन्धित जिविसलाई सम्झौता गर्न लगाई सम्झौता गरिसकेका परिवारलाई प्रथम किस्ताको रकम उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको छ ।

“प्रथम किस्ताको रकम निकासा भइसकेको छ” थपलियाले भने । जिविसले तोकेका बैंकसँग आवश्यक सम्झौता गरी अनुदान रकम उपलब्ध गराउने छन् । सम्झौता हुन बाँकी गाविसको बैंकिङ सेवाबारे पछि जानकारी गराइने प्राधिकरणले जनाएको छ । प्राधिकरणले पुनःनिर्माणमा सहयोग गर्न चाहने गैरसरकारी संस्थालाई २०७२ साल चैत २९ गतेको निर्देशक समितिको बैठकले जारी गरेको कार्यविधिअनुसार स्वीकृति लिएरमात्र काम गर्न अनुरोध गरेकोे छ ।

लम्जुङको राइनोसकोटलगायत स्थानमा निजी आवास निर्माणको काममा बिनाजानकारी सङ्घसंस्था संलग्न भएको सूचना प्राप्त भएको प्राधिकरणले जनाएको छ । कार्यविधिअनुसार भूकम्पबाट प्रभावित ३१ वटै जिल्लामा प्राधिकरणको स्वीकृत लिएरमात्र पुनःनिर्माण र पुनःस्थापनाका कार्य अघि बढाउन गृहमन्त्रालयमार्र्फत सबै जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको प्रवक्ता थपलियाले बताए ।

१७ बैशाख २०७३ / ५:५० 

वि.सं.२०७३ वैशाख १७ शुक्रवार १७:५० मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...