back
NMB ad

विदेशिएका एक युवाको ‘मर्मस्पर्सी बकपत्र’ म कसरी भगौडे भएँ ?

Kumari bank ad

खुल्लामन्चमा  फोस्रा भासण छाट्नेहरु, एनजीओ, आइएनजीओ अनि पत्रकारिताको आडमा म जस्ता ५० लाख परदेसिएका युवाहरुको दु:ख र पिडालाइ मसला बनाएर दाम र नामको वाहवाह खान पल्किएका सम्पूर्णले मलाई बताइदिनुहोला कि म कसरी भगौडे भए आफ्नो जन्मभूमिबाट ?

कृष्ण अधिकारी 

हुनत चोरले म चोर भनेर भन्ने केहि अपवाद बाहेक अहिले सम्मको इतिहासमा छैन तर वास्तवमा म त्यही अपवाद खोजिरहेछु ,सम्बन्धितहरुमध्य कोहि अपवाद हुनहुन्छ भने जवाफ पक्कै दिनुहुनेछ ।

म अहिले मेरो प्राणप्यारो मातृभूमिदेखि ठ्याक्कै ५११६ माइलको दुरीमा छु । यति टाढा आउनुमा म खासै दोषी छैन भन्ने कुरामा बिस्वस्त पार्न चाहान्छु, हरेक दिन जसो तपाईहरुको मानसपटलमा नाचिरहेको र नेपाली संचार जगतमा मसला बनेर आउने समाचारको  कुरालाई यथार्थ हो भनि म कदापि मान्न सक्दिन ,किनकि म भन्न सक्छु  नेपाल आमा मलाई र मजस्त ५० लाख युवाहरुलाई नजा भनेर बिलौना गर्दै रुँदा हामीहरुलाई धपाउनेहरु नै हावी भैदिए, विभिन्न रुप धारण गरेर ।

पारिवारिक,  सामाजिक, आर्थिक र राजनीतिक रुपबाट, पटक पटक म र म जस्ता लाखौ युवाहरुलाई लखेटियो देशबाट । रेमिटान्सले जिब्रो मिठो बनाउने आशामा, कति उतै अस्ताए त् कति कहिल्यै नउदाउने घाम बनि फर्किए । सबैका सपना पुरा गर्ने सपना देखेर जानेहरु कहिल्यै नफर्किने गरि सपना भैदिए, त कति पलाशझैँ अर्थहीन भएर फर्किए, र बाकी जति छन् ति पनि पक्कै परदेशमा खुसि छैनन पत्रकारहरुले लेखेझै हामी अधिकाम्स देशको कानुन र अस्थिर व्यवस्थाले गर्दा लखेटिएका हौ । र म पनि ढुक्क साथ भन्न सक्छु म पटक्कै खुसि छैन भनेर ।

१७ वर्ष हुदा (नागरिकतामा १८ बनाइ ) खाडीमा बैदेशिक रोजगारीको लागि पसेको म  खै अहिले कहाँ आइपुगे आफै ठम्याउन सक्ने अवस्थमा छैन तर कुरा गर्ने हरुका लागि भने युरोपमा छ भन्न मिल्ने बाटो खोलिदिएको छु । युरोप अमेरिकामा छ  भन्ने बित्तिकै सम्पन्न राजनैतिक हस्ती पुत्र भन्ने अर्थ नलागोस ।

म सामान्य परिवारको सन्तान हु, मेरो कुनै राजनीतिमा पहुच पनि छैन, नत मेरो परिवारको सदस्यको नै र अहिलेसम्म म र मेरो देशको स्वाभिमानलाइ धरापमा पार्ने कुनै गतिबिधि मबाट भएको छैन जसका कारण म युरोप आइपुगे ।

२०५० सालमा परिवारको जेठो छोराको रुपमा जन्मिएको म, अहिलेसम्म पनि जेठो छोरा हु भनेर भन्न सक्ने हैसियत बनाउन सकेको छैन ६ बर्से बैदेशिक यात्रामा भैसक्दा पनि ।

मैले यो पवित्र पवन भूमिलाई  पहिलो पटक स्पर्श गर्दा मेरो बुवा पनि म जस्तै बैदेशिक रोजगारीका लागि युरोपकै जर्मनीमा हुनुहुन्थ्यो रे !
बाल्यकालको मलाइ  कुनै  त्यस्तो अभाव स्मरण छैन, उसै त ३ ओटा दिदीहरु पछि जन्मेको म मेरो परिवारको लागि पुत्र अभाव मेटाएर नै ठुलो पुण्य कमाइसकेको थिए ।

म केहि कुराहरुलाई स्पस्ट पार्दै सम्बन्धित सबैमा प्रस्न राख्न चाहान्छु , म  कसरि भगौडे भए ? न त मेरो बुवा नै भगौडे हो मसंग उदाहरण प्रस्तुत गर्नका लागि प्रशस्त सामाग्रीहरु र घटनाहरु छन् ति मध्ये केहि पोख्न चाहान्छु केहि घटना मार्फत …

२०३६ सालको जनमत संग्रहपछि राजसस्था बिरोधि गतिविधिमा संलग्न भएको भन्ने आरोपमा गाउ मात्रै होइन देश नै छोड्नुपर्यो मेरो बुवाले, आफ्नै भाइ भारदार अनि तत्कालिन सरकारका टिका लगाएका केहि पन्चेहरुको चुक्लिका कारण, फलस्वरुप नचाहदा नचाहादै पनि परदेशी हुनभयो ,करिब १० बर्षे भारतको निर्वाशन पछि २०४६/४७ जन-आन्दोलनलाई सघाउन फर्किनुभयो पुन आफ्नै प्यारो जन्म भूमिमा, ठुलो त्याग र बलिदानपछि बल्लतल्ल देशमा प्रजातन्त्र स्थापना भयो । प्रजातन्त्र त आयो तर सबैलाई समेट्न सकेन, तत्पश्चात बुवा रोजगारीकै शिलशिलामा जर्मन पलायन हुनभयो ।

जर्मनीको करिब २ बर्से बसाइ सकेर कहिल्यै परदेशी नहुने आशमा पुन नेपाल नै फर्कनु भो । मलाई त्यस्तो कुनै दिन स्मरण छैन जुन दिनमा मेरो बुवाले मलाई उहाको काख मा राखेर स्पर्श गर्नु भो, जो उहाँको लागि म नै उहाँको संसार थिए । उहाँसंग परिवारको लागि समय कम थियो भन्दा फरक नपर्ला, अक्सर उहाँ समाजसेवा र राजनीतिमा नै आफ्नै समय ब्यतिथ हुनुभयो ।

मलाई त्यस्ता कयौ रातहरु याद छन्, जुन रातहरुमा मेरी आमा मध्ये रातसम्म बुवालाइ अगेनामा उम्दै खान खान कुर्नुहुन्थ्यो । एउटा एस्तो दिन मलाई ताजै लाग्छ, एकदिन उहाँको संसार जेस्ठ छोरा म ज्वोरोले निस्लोट थिएँ तर बुवालाई छोरा भन्दा गाउँकी बजैको महत्व बढी लागेछ, उहाँ बजैलाइ अस्पताल लैजानुभो छोरा मलाई छोडेर, यो घटना सुनाउदै गर्दा मेरी आमाको परेलीले बिजायर भिजयेको मानसपटलमा अझै ताजै छ ।

हामी परिवारले साच्चै भन्ने हो भने बुवाबाट पाउनु पर्ने अधिकार पाएनौ भन्दा पनि पाप नलाग्ला, अरुका दु:ख हेर्दैमा फुर्सद मिलेन मेरो बुवालाई !

हुन त सार्वजानिक रुपमा नै भनिरहँदा सम्पूर्ण दोस मेरो भगवान परम पुज्य मेरो बुवालाई लगाइरहेको अर्थ लाग्नेछ, तर सत्य भने यहि हो यदि पाप नै लाग्यो भन्यो सजाई भोग्न म हरदम तयार नै रहनेछु ।

हुनत उहाँले पनि आफ्नो तर्फबाट भरपुर प्रयत्न नगर्नुभएको होइन ।

तर समाज, राजनीति अनि राष्ट्रका अगाडी पारिवारिक जिम्मेवारी फिक्का भैदियो, उहाँले गरेका योगदानलाई सयाद उहाँको मृत्युपर्यन्त नै समाजले मुल्यांकन गर्ने छ किनकि यो हाम्रो चलन हो जहाँ बाचुन्जेल गालि गर्ने मरेसी पार्टी र देशको झन्डा ओडाउने, उहाँ माथि पनि त्यहि गरिनेछ तर म रहेसम्म  झन्डा ओढाउने चलनलाइ  भने ठाडै अस्विकार गर्ने छु ।

हो म त्यही बाबुको छोरा जोसंग परिवारलाइ कम र अन्यमा बढी समय थियो, फल्स्वोरूप आज म परदेशी भएको छु । मैले आफै मपाई भन्न खोजेको भान कसैलाई नपरोस !

१४ वर्ष काटेर १५ नपुग्दै  एसएलसी परिक्षा पास गरेँ , राम्रै नतिजा आउनेमा सबैको आशा थियो, प्रयास पनि गरेकै हो तर नतिजा मेरो पक्षमा परेन । उच्च शिक्षाका लागि सबैले तयारी गर्दा मैले प्राबिधिक तर्फ आँखा लम्काए जुन मेरो बुवालाई पट्टक्कै  मन परेको थिएन , तर मलाई भने ठुलो आशा थियो नेपालमै कुनै प्रोजेक्टमा काम गरेर आफ्नै माटोमा जीवन चलाउने भन्नेमा, सबै उल्टा उल्टा भैगयो । बुटवलबाट बिटिआइमा जुनियर ओभरसियरको बिसयमा २ बर्षे तालिम सकियो एउटा देशोको दक्ष नागरिक प्रमाण पत्र द्वारा घोसित भए ।

हातमा  प्रमाण पत्र बोकेर सायद नपुगेको ठाउं बाँकी छैन होला, लेख्दै जादा सायद नअटाउला शब्दहरुमा, तर केहि समेट्ने जमर्को गरेको छु , २०६७ सालको भदौ तिर नेपाल प्रहरीको प्राबिधिक तर्फबाट दरखास्त आव्हान गरिएको थियो । जसमा मैले पनि उमेदवारी दिएको थिए । त्यसलाइ मेरो सानो मेहनतले म सफल हुने कुरै थिएन, कागजात सबै बुझाइयो, शारीरिक ब्यायामका परिक्षाहरु क्रमश उत्तीर्ण हुदै गए तर अन्त्यमा अन्तर्वार्तामा सोधिएको एउटा प्रश्नले मलाई अनुत्तीर्ण बनाइदियो । जुन कति दिन सक्छौ भन्ने भावको थियो तथ्यांकका आधारमा जवाफ भने सहि नै थियो चितवनका हात्ती संख्या सोधियो जवाफ राष्ट्र बैंकका कागजी हात्तिको चाहान्थे, मबाट त्यो हुन सकेन, म तिनै हाती माथि चढेर देशको कमजोर खम्बा बन्न चाहिन, फलस्वरूप मेरो नाम त्यहा अटाउन सकेन , पैसा र सक्ति हावी हुने यो देशमा मेरो कागजी हात्ती गन्न नसक्नु नै असक्षमता सावित भइदियो ।

म चाहन्छु म जस्ता ५० लाख युवालाई भगौडे भन्ने हरुले प्रहरीमा जांची हेर्न सक्नुहुन्छ । यदि अन्तर्वार्ता तथा स्वस्थ परिक्षणसम्म  पुग्नेहरुको कागजपत्र सुरक्षित रहन्छ भने ।

यो घटनाले खासै मलाई निराश पारेन किनकी मैले बुझ्न सके यो देशमा योग्यता अनि सक्षमताभन्दा पैसा र शक्ति नै हावी हुनेरहेछ भन्ने ।

२०६७ सालको भदौ तिर नेपाल प्रहरीको प्राबिधिक तर्फबाट दरखास्त आव्हान गरिएको थियो । जसमा मैले पनि उमेदवारी दिएको थिए । त्यसलाइ मेरो सानो मेहनतले म सफल हुने कुरै थिएन, कागजात सबै बुझाइयो, शारीरिक ब्यायामका परिक्षाहरु क्रमश उत्तीर्ण हुदै गए तर अन्त्यमा अन्तर्वार्तामा सोधिएको एउटा प्रश्नले मलाई अनुत्तीर्ण बनाइदियो । जुन कति दिन सक्छौ भन्ने भावको थियो तथ्यांकका आधारमा जवाफ भने सहि नै थियो चितवनका हात्ती संख्या सोधियो जवाफ राष्ट्र बैंकका कागजी हात्तिको चाहान्थे, मबाट त्यो हुन सकेन, म तिनै हाती माथि चढेर देशको कमजोर खम्बा बन्न चाहिन, फलस्वरूप मेरो नाम त्यहा अटाउन सकेन , पैसा र सक्ति हावी हुने यो देशमा मेरो कागजी हात्ती गन्न नसक्नु नै असक्षमता सावित भइदियो ।

केहि समयपछि मिडिया जगतमा काम गर्ने चाहना भयो । त्यसको लागि आवस्यक तालिम पनि गरे । पछि एउटा मिडियाले काम दिने भयो (असुरक्षाका कारण नाम उल्लेख गर्न सकिन) तर  एउटा शर्तमा जुन मलाई स्वीकार्य थिएन, तत्कालिन नेकपा (माओबादि )को टिका लगाई सदस्यता लिनु पर्ने ! त्यो पनि काम मैले पाउन सकिन बिनासर्त । जहाँ गयो त्यही सर्त, जहाँ गयो पावरका गफ, साँच्चै भन्ने हो भने मलाई रहरले होइन बाध्यताले पनि होइन तर देशको राजनीति अनि हाम्रै समाजले धपायो यो परदेशमा ! मैले के गरिन नेपालमै केहि गरु भनेर साइकलमा पत्रिका बेच्नेदेखि लिएर रात्री बसको सहचालक बन्न समेत हिच्किचाइन ।

बिद्युतप्राधिकरण, विभिन्न लघु जलबिधुत प्रा.लिहरु गरि म कहाँ पुगिन, जहाँ पनि नाताबाद कृपाबाद, पैसा र पावर हावी भैदियो, सबै कुरा भन्ने हो भने पक्कै पनि हर कसैले पनि गोहीका आसु बगाएर सहानुभूति प्रकट  देखाउने छन् |

अब मेरो एउटा मात्रै प्रस्न छ, १७ बर्षे उमेरलाई नागरिकतामा १८ बनाइ खाडी पुगेर ५५  डिग्रीको गर्मीमा  बेल्चा चलाउने युवा भगौडे कसरि भयो ? युरोप र अमेरिकामा होटल  रेस्टुरेन्टमा भाडा माझ्ने जापानमा जुत्ता पालिश  गर्दै  परिवारको चारो जोहो गर्ने नेपाली युवा कसरि भगौडे भयो ?

अक्सर नेता र पत्रकारहरुलाई केहि सुझाव प्रदेशबाट दिने हो भने, उहाँहरु फुर्ति लाउनुहुन्छ, तिमी भगौडेहरु गफ नछाट । सक्छौ भने नेपाल फर्क केहि गर्ने उपाय नभई विदेश भासिनेहरुले गफ लगाको सुहाउँदैन । त्यसैमा खाडीका साथीहरुले हँ मा हँ मिलाएर भन्नुहुन्छ, युरोप अमेरिका पुगेकाहरु भौगडेहरु नै हुन् ।

उहाँहरुलाई पनि सोध्न चाहान्छु म, हिजो खाडीको तातो पनि खाएँ आज यूरोपमा कठ्यांग्रिने जाडो खाँदैछु । अब तपाइको अर्थमा म कसरि भगौडे भए ? मैले किन देशलाइ माया गर्न नपाउनु ? नेपालमा बसेर हामी बिदेशीको रेमिटान्सले भुडी भर्नेहरु देश भक्त हुने रे ! हामी त्यही रेमिटान्स तिर्नेहरु  बोल्दा भगौडे भइने ! यो कस्तो बिडम्बना आफ्नो आंगमा भैसी नदेखने अरुको जुम्रा पनि कोट्याउने यो कस्तो देशभक्ति हो ?

देश मा बसेर आफ्नै दाजु भै लुट्नु, भाईभाई  लडाउनु स्वार्थका लागी कलम चलाउनु  र अरुको मात्रै आलोचना गर्नु देशभक्ति हो भने म भगौडे हुँ भन्न तयार छु । विदेशमा हुनेहरुको मन हुदैन ?

हुन त भन्ने हरुले भनेकै छन्, आफु जुन चिजबाट टाडा छ त्यहि चिज नै सबैभन्दा बढी प्यारो हुन्छ ।

हो देश प्रेम पनि त्यस्तै  रहेछ नेपालमा हुँदा खासै ध्यान नजानेहरु पनि देशलाई कोतर्दा मात्रै पनि परदेशमा रुन्छन, गत वर्ष गएको महाभूकम्पमा पनि परदेशीहरुले गरेको सद्भाव र सहयोगलाई  कसले यत्ति छिटै भुल्न सक्छ ? बरु नेपालमै बसेर गफ लाउने  पुनर्निर्माण गफ लाउने नेता पत्रकारहरु तिनै समाचार छापेर डलर कमाए । तिनै कमाउनेहरु नै सच्चा देशप्रेमी सावित भए तर दिन रात मेहनत  गरेर ५  जनाको  परिवार  पाल्न खाडीमा वा जहासुकै  पसिना  बगाउनेहरु  कसरि भगौडे हुन पुगे ?

दिनहु जसो कुनै न कुनै समाचार माध्यममा आउने  विस्लेषणहरु पढ्ने गर्छु, घुमाइ फिराई हामी परदेशी ५० लाख युवाहरुलाई दोष लगाउने गरिन्छ,  भनिन्छ परदेशीहरुले देशलाई माया गर्नु हुदैन । प्रदेशबाट गरेको माया प्रेम त्यो प्रेम नै होइन । बिदेशमा पसिना बगाउनेहरुले रेमिटान्स मात्रै तिर्ने हो देशको बारेमा बोल्नु पाइदैन । त्यसैले त दिनहु जशो हामीहरुलाई नै दोष लगाइदै छ  । जहाज चढेर बिदेसिने हरेक युवा नेपाली नै होइन ? म त्यही जन्मे त्यहि हुर्के, परिवार त्यहि छ मेरो गाउँ ठाउँ पनि त्यही छ र मेरो राष्ट्र मेरो देश पनि त्यही नेपाल नै हो तर पनि म किन बोल्न नपाउनु त्यहा भैरहेका अन्याय अत्याचार बिरुद्दमा ? नेपाल मेरो पनि घर हो, डेरा होइन चुपचाप आएर २/ ३ महिनामा मौन रही फर्किनु पर्ने, मेरो पनि मुटु तपाई जत्ति देशलाई ३ करोड नेपालीले उत्तिकै माया र प्रेम गरेका छन् तपाईहरु जस्ता बाहेक !

किन तपाई पत्रकारहरु हामी परदेशीहरुको नै खेदो खन्न चाहन्हुन्छ ? तपाइले लेखेका समाचार र तपाई पनि उचाइमा पुग्नु भो हाम्रो कहानी लेखेर तर हामी परदेशीहरुले त्यो समाचारबाट पाउने राहत पाएकी पाएनन् खै कहाँ छ ध्यान तपाइहरुको ? त्रिभुवन विमानस्थलबाट काठका बाकसमा फर्किने युवाको संख्या बढिरहेछ ? खै तपाइको समाचारले के गर्यो कसलाई समेट्यो ? न त सरकारले देख्यो ति समाचार न त समाधान नै गर्न समय छ ।

देशमा विभिन्न नामको कम्बल उडेर देशलाई कंगाल बनाउनेहरुबाट यस्ता खालका अभिव्यक्ति आइरहदा भोलि हामी परदेशिएका नेपाली ५० लाख  युवाको अस्तित्व के त ? नेपाल र नेपाल सामु म जस्ता लाखौ परदेशीहरुको अस्तित्व के हो त आफ्नै देशमा  ? म जान्न चाहन्छ , ५० लाख युवा जान्न चाहन्छ साथै उनका परिवार पनि !

हिजो खाडी हुँदै युरोपसम्मको यात्रा पार गरिसक्दा थुप्रै उतारचडावहरुको सामना गर्नु पर्यो | त्यो आफ्नो ठाउमा छ तर करिब १५ राष्ट्र चारिसक्दा पनि अहिलेसम्म कहिँ कतै मेरो शिर झुकेन । नत देशको नै झुकाए, यति हुदाहुदै पनि भनेको छैन मलाइ देशले धपायो । न त म कहिँ शरण माग्न पुगेको छु र कहिले पनि हुने छैन । र अर्को कुरा  पनि देशलाई माया गर्नेहरु देशमै पनि छन् तर परदेशको तुलनामा कम छन | समाचार बनाउनु मात्रै तपाइहरुको कर्तब्य हो भने त्यो कर्तब्यलाइ पनि ब्यबहारमा उतारिदिने आखिर कसले त ?

र अन्त्यमा, अझै पनि प्रतिस्पर्धाबाट अवसर र जिम्मेवारी दिने हो भने कसम खाएर भन्न सक्छु ५०  लाख युवा घर फ़र्किनेछन । उनीहरुले गरेको सामान्य कामबाट पनि देशको मुहार फेरिन सक्छ । देश बिकाश मा ठुलो राहत पुग्न सक्छ ।
साँच्चै बिदेशिनु कसैको रहर होइन बाध्यता अनि अस्थिर राजनीतिले धपाएको  हो । हामी भागौडे होइनौ  हामीलाई पनि सम्मान, अधिकार र जिम्मेवारी दिईन्छ भने भोलि नै हामी युवा हरु देश फर्कन तयार छौं ।

नेपाल हाम्रो घर हो डेरा होइन !
यो हाम्रो रहर वा चाहना होइन !
बस हामीलाई आफ्नै घर फर्किने माहोल बनाइदिनुहोसहामीलाई यो नै बढी हुनेछ ।

जय देश
जय स्वाभिमान ।

१८ बैशाख २०७३

द नेपाल टुडे 

वि.सं.२०७३ वैशाख १८ शनिवार १४:३६ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...