back
NMB ad

सातामा ८४ अंकले बढ्यो नेप्से

Kumari bank ad

काठमाण्डौं । यस साता सेयर बजार परिसूचक नेप्से ८३ दशमलव ५६ अंंकले उक्लिएको छ। आइतबार १ हजार ४ सय ८३ दशमलव १४ अंकमा रहेको नेप्से बिहीबार १ हजार ५ सय ६६ दशमलव ७० मा पुगेको छ। नेप्सेको वृद्धिसँगै ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सिेटिभ साढे १८ अंकले र कारोबारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक ६ दशमलव ०३ अंकले बढे।

यो साता नेप्सेमा १ सय ४९ कम्पनीका सेयर किनबेच भए। २९ हजार ८ सय १२ वटा कारोबारबाट ६ अर्ब ८७ करोड रुपैयाँ बराबरका ९२ लाख ४५ हजार ७ सय ३० कित्ता सेयर खरिद बिक्री भए ।

बिमा कम्पनीका लगानीकर्ताका लागि यो साता निकै उत्साहप्रद रह्यो। साप्ताहिक कारोबारमै यो समूहका लगानीकर्ताको सम्पत्ति १ हजार २ सय ४६ दशमलव ९१ अंकले बढ्यो। यो सँगै बिमा उपसमूहको परिसूचक ८ हजार ६ सय ५४ दशमलव ३२ विन्दुमा पुग्यो। यो परिसूचक सूचीकृत सबै समूहहरूको भन्दा धेरै हो।

बिहीबार नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम (अंकित मूल्यमा थप गरी) सहित एफपीओ सेयर जारी गर्ने खबर सार्वजनिक भयो। यसले एकैदिन (इन्ट्रा डे) मै बिमा समूहको परिसूचक ७ दशमलव ३९ प्रतिशत ९५ सय ९५ दशमलव ४३ अंक० ले बढ्यो।

बिमा पछि धेरै कमाउनेमा विकास बैंक, जलविद्युत् र बैंकिङ समूहका लगानीकर्ता परे। साप्ताहिक कारोबारमा विकास बैंक समूहको परिसूचक ५९ दशमलव २९ अंकले उक्लियो। यो समूहमा सूचीकृत लघुवित्त कम्पनीहरूको सेयर मूल्य धेरैले बढेपछि परिसूचक उच्च अंकले बढेको हो। यो साता जलविद्युत् र बैंकिङ समूहको परिसूचक क्रमशस् ५६ दशमलव ७२ र ५६ दशमलव ७६ अंकले बढे।
प्रकाशितः २०७३ जेठ २९

वि.सं.२०७३ जेठ २९ शनिवार ११:५० मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...