back
NMB ad

अब प्लास्टिकबाटै तेल, वार्षिक साँढे आठ लाख किलोलिटर उत्पादन हुने

Kumari bank ad

काठमाडौँ । पछिल्लो समय नेपालमा विज्ञान र प्रविधिको विकासले तीव्र गति लिएसँगै वैज्ञानिक अनुसन्धानले परिणाममुखी सफलता हासिल गरेको छ ।

प्रविधिमा लगानी र प्रोत्साहन भएका खण्डमा नयाँ प्रविधिमा नेपालले फड्को मार्छ भन्ने दरिलो उदाहरण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले चरितार्थ गरेको छ । नास्टले जैविक प्रविधिमा चमत्कारिक फड्को मार्दै खेर गइरहेको प्लास्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने नयाँ प्रविधि आविष्कार गरेको हो ।

नास्टको पछिल्लो यो सफलताले देशमा बढ्दो इन्धनको अभाव कम गर्न र प्लास्टिकजन्य फोहर व्यवस्थापन गरी वातावरणीय प्रदूषण नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । लामो समयको वैज्ञानिक अनुसन्धान र परीक्षणबाट नास्टले प्लास्टिकबाट तेल उत्पादन गर्ने नयाँ प्रविधि सुरु गर्न लागेको हो ।

प्लास्टिकबाट तेल निकाल्ने अभियानमा संलग्न नास्टका वरिष्ठ वैज्ञानिक डा रवीन्द्र ढकालले जैविक प्रविधिमा फड्को मार्दै नास्टले नयाँ प्रविधि भित्र्याएको बताउनुभयो । प्लास्टिकबाट पेट्रोल, डिजल र मट्टितेलमा परिणत गर्न सक्ने यन्त्र परीक्षणका लागि जापानबाट ल्याइएको छ ।

एक किलो प्लास्टिक, एक लि तेल

वैज्ञानिकका अनुसार एक किलोग्राम प्लास्टिकबाट एक लिटर पेट्रोलियम पदार्थ निकाल्न सकिन्छ । प्लास्टिकबाट निस्केको तेल ३० प्रतिशत र अन्य पेट्रोल ७० प्रतिशत मिसाएमा अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरीय तेलमा परिणत हुनेछ । अहिले यो प्रविधिबाट निस्केको तेल सिधै बस, ट्रक, ट्र्याक्टर जस्ता सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।

नास्टले सो प्रविधिबाट इन्धन उत्पादन गर्ने उद्देश्यले चीनबाट उपकरण भित्र्याएको छ । करिब रु ३६ लाख मूल्यको उक्त यन्त्र वीरगन्ज भन्सारमा आइपुगेको नास्टले जनाएको छ ।

तेत्तीस लाख बढी ग्राम प्लास्टिक खपत
एसियाली विकास बैंँकको एक प्रतिवेदन अनुसार एक नेपालीाबट प्रतिव्यक्ति प्रतिदिन खेर जाने प्लास्टिकको मात्रा १२० ग्राम छ । त्यस हिसाबले दुई करोड ८० लाख नेपालीबाट ३३ लाख ६० हजार ग्राम प्लास्टिक दैनिक खपत हुने गरेको छ ।
सो प्रविधि प्रयोग गर्ने हो भने दैनिक दुई हजार तीन सय किलोलिटर पेट्रोलियम पदार्थ निस्कन्छ । यसरी हेर्दा वार्षिक आठ लाख ५८ हजार ४८० किलोलिटर उत्पादन हुने नास्टले जनाएको छ ।
प्रकाशितः २०७३ जेठ २९

वि.सं.२०७३ जेठ २९ शनिवार १३:१२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...