back
NMB ad

दुई महिनामै बिक्यो ६ लाख वटा श्याओमी रेड्मी Note 3

Kumari bank ad

भारतमा श्याओमी रेड्मी Note 3 दुई महिनामा ६ लाख एकाइ बिक्री भएको छ। श्याओमीका ग्लोबल भाइस प्रेसिडेन्ट ह्यूगो बार्राले फेसबुक पोस्टमा अहिलेसम्मकै ठूलो रेकर्ड भन्दै यसको घोषणा गरेका हुन्।

श्याओमी रेड्मी Note 3 भारतमा गत मार्चमा लन्च गरिएको हो। नेपाली बजारमा पनि यसलाई वत्सल इम्पेक्स प्रालिले भित्र्याइसकेको छ। यसको मूल्य २५ हजार रुपैयाँ छ।

रेड्मी Note 3 मा ५।५ इन्च फुल एचडी डिस्प्ले छ जसले १०८०×१९२० पीक्सेल रिजोलुशन दिन्छ। यसमा १.८ जीएचजेड हेक्जाकोर, स्न्यापड्र्यागन ६५० प्रोसेसर छ। २ जीबी र्‍याम भएको यस फोनमा १६ जीबी इन्टरनल मेमोरी भने १२८ जीबीसम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ।

फोनमा फिङ्गरप्रिन्ट सेन्सरको सुविधा छ। यस सेन्सरले ०.३ सेकेन्ड भित्रै प्रतिक्रिया दिन्छ र कुनै समस्या बिना नै सेन्सरले निकै चाँडो काम गर्ने कम्पनीले जनाएको छ। फोनमा दुईवटा सिम कार्ड प्रयोग गर्न सकिन्छ। दुवै सिममा ४जी प्रयोग गर्न सकिन्छ।

रेड्मी नोट ३ को मोटाइ ८।७ मिमि छ। मेटल बडी भएता पनि यो भारी छैन। यसको वजन मात्र १६४ ग्राम छ।

प्रकाशितः २०७३ जेठ ५

वि.सं.२०७३ जेठ ५ बुधवार १४:४० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...