back
NMB ad

पुनर्निर्माणमा सिएफजीले गर्‍यो ५० लाख सहयोग

Kumari bank ad

काठमाडौं । अमेरिकाको बाल्टिमोरमा मुख्यालय रहेको एक अमेरिकी वित्तीय कम्पनी क्यापिटल फन्डिङ समूहले भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको एक विद्यालय पुनःनिर्माण तथा स्वास्थ्य केन्द्रको सेवा विस्तारका लागि ५० लाख रूपैयाँ सहयोग गरेको छ ।

नुवाकोटको कविलास गाविस—२ मा रहेको सो विद्यालय गतवर्ष २०७१ वैशाख १२ को भूूकम्पका कारण पूर्णरुपमा ध्वस्त भएको थियो । प्राप्त सहयोगमध्ये ३५ लाख कविलास माध्यामिक विद्यालायको र १५ लाख रूपैयाँ आधारभुत स्वास्थ्य सेवा क्लिनिकमा खर्च गरिनेछ ।

अमेरिकामा संयुक्त परिवार र स्वास्थ्य सुरक्षाको विषयमा काम गर्दै आएको सो संस्थाका संस्थापक ज्याक ड्वायरले नेपालका भूूकम्पपीडित समुुदायलाई सहयोग गर्न पाएकामा आफू अत्यन्तै खुसी भएको बताए ।

सफलताका लागि शिक्षा पहिलो आधारशिला भएकाले नेपालमा बालबालिका र तिनको परिवारमा शिक्षाको पहुँच पुर्‍याउन भविष्यमा पनि सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

क्यापिटल फन्डिङ कम्पनीमै कार्यरत पुष्पा सुवेदीले नेपालमा भूकम्पबाट पुुगेको क्षति र पुनःनिर्माणका बारेमा आफूले ड्वायरलाई अवगत गराएपछि उक्त सहयोग जुट्न सकेको बताए ।

प्रकाशितः २०७३ जेठ ५

वि.सं.२०७३ जेठ ५ बुधवार १३:४९ मा प्रकाशित

You can share this post!

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...