काठमाण्डौं । आज आइतबार सुनको मूल्य पुनः ५९ हजार रुपैयाँ पुगेको छ। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला १ सय रुपैयाँले बढी हो। त्यस्तै चाँदीको मूल्य भने प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भएको छ।
गत शुक्रबारको तुलनामा यो १० रुपैयाँले महँगो हो। बेलायत युरोपियन युनियनबाट बाहिरिएपछि महँगिएको सुनचाँदीको मूल्य घट्न सकेको छैन। असार ९ गते ५६ हजार रुपैयाँमा कारोबार भएको सुन १० गते एकै दिन ३ हजारले बढेर ५९ हजार रुपैयाँ पुगेको थियो।
असार ९ गते ७ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी त्यसयता बढिरहेको छ। चाँदीको अहिलेको मूल्य साढे २ वर्षयताकै महँगो हो।
प्रकाशितः २०७३ असार २६
वि.सं.२०७३ असार २६ आइतवार ११:१७ मा प्रकाशित